‘नत्र माटो बन्ला जीवन’ « Khabarhub

‘नत्र माटो बन्ला जीवन’



मैले देश चिनाउनु छ यदि भने, नेपाल चिन्न म जाऊँ!
नेपालीहरु चिन्नु पर्छ त भने, पाखा र भित्ता म धाऊँ !!

चन्दनको शुभ मगमगि फूलसरि वास्ना चलोस् भूमिको!
अनि सार्थक बन्दछ जीवन यो नत्र मट्टि हुने हो!!

कर्णाली तिरमा छ भन्छ जनले नेपाल मेरो घर!
नेपाली जनको छ सुख दु:खको कुना अति सुन्दर

पीडा भोगि बसेर धरधरि रुने अबोध बस्ने घर!
औषधि न त गाडी पुग्दछ हरे कुना र छ कन्दरा !!

अक्करका भिरमा बसेर छ सँधै ढिडो र रुटो लिने!
उस्को छाती भरि कति छत पिडा मुटु छ है हाँसने!

अन्न छैन कतै र बृद्दा र बनिता बालकहरु रुँदछन!
जाडो गर्मि भरि नाबालकहरु र भोक अनि नाड्गा छन् !!

युवा जनहरु कामले हर बखत चिन्तित र पिडित सँधै!!
तिनका ज्ञानसहित सम्मान गर्ने ठुला बडा नै को छन्!!

देशको रुप यदि फेर्नु पर्छ त भने मनको स्वरुप फेर्नु है!
नेपालीको जीवन उठाऊ पहिले सुखले बाँचुन है सबै!!

देशको उन्नति गर्नपर्छ अव भनि कर्मठ बनेर म आऊँ!
नेपाली मन स्वस्थ्य पार्नु छ भने तुलसी र पानी म खाऊँ!!

छातीमा यदि देश कोर्नुछ भने जनताको पिडा पढौँ!
मेरो नाम नेपाली राख्नु छ भने हिमाल ,पाहाडमा म जाऊँ !!

पुर्खाको यो थलो छ गौरव कति मुक्तिको यो क्षेत्र हो !
सारा देव र देबीको कृडा भूमि नेपाल भु को स्वर्ग हो !

देश हेर्न यो जगत पनि आइ रहनु भनेर निम्तो म दिऊँ !
हिमाल,पाहाड ,तराई सातै प्रदेश घरल नेपाल हो चिनाऊँ!!

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १२ : ३६ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन