कुशे औंसीमा अलकाको ‘निनाद वल्लरी’ « Khabarhub

कुशे औंसीमा अलकाको ‘निनाद वल्लरी’


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कुशे औंसीको तिथि पारेर पब्लिकेशन्स नेपालयले अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ बजारमा ल्याएको छ । ‘नेपालय कविता’ अन्तर्गत प्रकाशित यो पुस्तक नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह हो ।

‘लाटो साथी’ उपनामले प्रख्यात साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले ‘निनाद वल्लरी’ आफ्ना स्वर्गीय पिता आत्रेयको प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो । यस काव्यले पिता पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत् अत्यन्त मार्मिक र सुललित शैलीमा अभिव्यक्त गरेको छ । साथै, छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रितिमाथि पनि परोक्ष रुपमा व्यंग्य गरेको छ ।

दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी अलका हाल भियना विश्व विद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन् । उनको लेखनमा संस्कृत र नेपाली साहित्य साथै पूर्वीय दर्शनको सुगठित र सुरुचिपूर्ण संयोजन पाइन्छ । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाएकी चूडालको यो दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो ।

‘भावको चरमोत्कर्षलाई शब्दले मात्र पूर्णतया अभिव्यक्त गर्न नसक्ने रहेछन् । प्रेम, प्रसन्नता, सुख वा दुःखको चूडान्त अनुभूतिलाई व्यक्त वा विरेचन गर्न हाम्रो शरीरको पनि सक्रिय सहभागिता हुन्छ भन्ने त प्रकृतिसिद्ध कुरा हो । साहित्यका विधाहरुमा छन्द कविता त्यस्तो भाव सम्प्रेषण गर्न सक्षम भएको मैले पाएँ,’ उनले भनिन् ।

अठार वर्षको किशोर वयमै प्राचीन व्याकरणलगायत् अन्य दुई विषयमा स्नातकोत्तर गरेर किर्तीमान बनाएकी डा. अलकाले कक्षा दशसम्म घरमै पिताबाटै अनौपचारिक शिक्षा ग्रहण गरेकी थिइन् ।

नेपाली बजारका निम्ति ‘निनाद वल्लरी’ को मूल्य रु. १६५ तय गरिएको छ । देशका प्रमुख पुस्तक पसलहरुमा साथै पुस्तकको ई बूक र अडियो बुक थुप्रै डट कममा सर्वत्र उपलब्ध हुनेछ । विश्व बजारमा पुस्तक अमेजनमार्फत् उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : २५ बजे

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन्

राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन-जी आन्दोलनपछिको विषम पूर्ण राजनीतिक

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए