गभर्नरलाई अर्थमन्त्रीले भने : शेयर बजारमा नकरात्मक प्रभाव पार्ने नीति नबनाउनू « Khabarhub

गभर्नरलाई अर्थमन्त्रीले भने : शेयर बजारमा नकरात्मक प्रभाव पार्ने नीति नबनाउनू


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार लगातार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो लिएका छन् । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्र बैंकले शेयर धितोमा १२ करोडभन्दा बढी ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा त्यसको नकरात्मक प्रभाव परेको थियो । सोही विषयलाई लिएर लगानी कर्ताहरुले गभर्नर अधिकारीको राजीनामासमेत मागेका छन् ।

अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई शेयर लगानीकर्ताको मनोबल घट्ने गरी कुनै पनि काम नगर्न निर्देशन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे.का थिए । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका छन् ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

अर्थमन्त्रीले गभर्नरलाई निर्देशन दिएकी दिन शेयर बजारमा उल्लेख्य सुधार आएको छ ।

आइतबार तीन अंकको गिरावट आएको शेयर बजारमा सोमबार कारोबार सुरु भएदेखि नै लगातार नेप्से परिसूचक बढिरहेको छ । सोमबार लगभग सबै कम्पनीका शेयर मूल्यमा वृद्धि भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : १० बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य