शेयर बजारमा हरियाली, १६१ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा हरियाली, १६१ अंकले बढ्यो नेप्से


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार १०८‍.२६ अंकले घटेको शेयर बजारमा सोमबार हरियाली आएको छ । सोमबार शेयर बजार मापक परिसूचक नेप्से १६१.९४ अंकले बढेको छ । आइतबार नकरात्मक सर्किटसमेत लागेको शेयर बजार सोमबार उत्साहप्रद रुपले बढेको हो । सोमबार नेप्से परिसूचक २९८०.७८ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३१.४१ अंकले बढेर ५५३.४० अंक पुगेको छ ।

सोमबार १३ वटै उप समूहको बजार उकालो लागेको छ । यसदिन ४० वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने सोही संख्याका कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

२२४ कम्पनीका १ करोड ६९ लाख २२ हजार ५८८ कित्ता शेयरको किनबेच भएको छ । सोमबार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका २२४ कम्पनी मध्ये ८ वटा कम्पनीको मूल्यमात्र घटेको छ । ती कम्पनीको मूल्यमा १ प्रतिशतकोमात्र गिरावट आएको छ ।
सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजारमा नकरात्मक असर पर्ने नीति नबनाउन निर्देशन दिएका थिए । उनले शेयर लगानीकर्ताको मनोबल घट्ने नीति नबनाउन भन्दै जसरी हुन्छ शेयर बजारको समस्या समाधान गर्न भनेका थिए ।

राष्ट्र बैंकले मौर्दिक नीतिमार्फत शेयर धितोमा १२ करोडभन्दा धेरै ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा पहिरो गएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : १९ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका