शेयर बजारमा हरियाली, १६१ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा हरियाली, १६१ अंकले बढ्यो नेप्से


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार १०८‍.२६ अंकले घटेको शेयर बजारमा सोमबार हरियाली आएको छ । सोमबार शेयर बजार मापक परिसूचक नेप्से १६१.९४ अंकले बढेको छ । आइतबार नकरात्मक सर्किटसमेत लागेको शेयर बजार सोमबार उत्साहप्रद रुपले बढेको हो । सोमबार नेप्से परिसूचक २९८०.७८ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३१.४१ अंकले बढेर ५५३.४० अंक पुगेको छ ।

सोमबार १३ वटै उप समूहको बजार उकालो लागेको छ । यसदिन ४० वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने सोही संख्याका कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

२२४ कम्पनीका १ करोड ६९ लाख २२ हजार ५८८ कित्ता शेयरको किनबेच भएको छ । सोमबार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका २२४ कम्पनी मध्ये ८ वटा कम्पनीको मूल्यमात्र घटेको छ । ती कम्पनीको मूल्यमा १ प्रतिशतकोमात्र गिरावट आएको छ ।
सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजारमा नकरात्मक असर पर्ने नीति नबनाउन निर्देशन दिएका थिए । उनले शेयर लगानीकर्ताको मनोबल घट्ने नीति नबनाउन भन्दै जसरी हुन्छ शेयर बजारको समस्या समाधान गर्न भनेका थिए ।

राष्ट्र बैंकले मौर्दिक नीतिमार्फत शेयर धितोमा १२ करोडभन्दा धेरै ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा पहिरो गएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : १९ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई