काठमाडौँ जिल्लाका विद्यालय असोज १ बाट खोल्न पाइने | Khabarhub Khabarhub

काठमाडौँ जिल्लाका विद्यालय असोज १ बाट खोल्न पाइने


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्ला भित्रका निजी तथा सामुदायिक विद्यालय असोज १ गतेबाट खोल्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहको शिक्षा विभाग कर्मचारी र अभिभावक सहितको बैठकले कोरोना संक्रमणको अवस्था हेरेर असोज १ गतेबाट विद्यालय खोल्न सक्ने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले असोज १ गतेबाट विद्यालय खोल्न सक्ने अनुमति दिएको बताए । स्थानीय तहको शिक्षा प्रतिनिधि र अभिभावक प्रतिनिधिसहति बसेको बैठकले कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खोल्न सक्ने अनुमति दिएको उनले बताए ।

भदौ महिनाभर कोरोना संक्रमणको अवस्था अवलोकन गरेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने उनको भनाइ छ । विद्यालय सञ्चालन गर्नुभन्दा पहिला नगर शिक्षा समितिबाट स्वीकृति लिनुपर्ने उनले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई विद्यालय खोल्ने अनुमति दिएको हो । तर विद्यालय खोल्ने कि नखोल्लने भन्ने निर्णय भने सम्बन्धित स्थानीय तहहरुले गर्ने उनले बताए ।

कोरोना संक्रमणको अवस्था हेरेर नगर शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन गरे त्यसलाई प्रशासनले अनुमति दिनेछ । काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सोमबारको बैठकमा भदौ महिनाभर कोरोना संक्रमणको अवस्था हरेर विद्यालय सञ्चालन गर्न सक्ने विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार काठमाडौँ महानगरपालिका शिक्षा समितको बैठक भदौ २८ गते बस्नेछ र उक्त समयको कोरोना संक्रमणको अवस्था अनुसार निर्णय हुनेछ ।

राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय पालिकालाई विद्यालय सञ्चालन गर्ने अनुमति दिनु सकारात्मक कुरा भएको बताए । दशैँ तीहार नजिकिरहेको अवस्थामा केही दिनका लागि विद्यालय सञ्चालन गर्नुभन्दा कात्तिकपछि नियमित रुपमा विद्यालय सञ्चालन गर्न सक्ने तयारीमा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ०७ बजे

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित