कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ « Khabarhub

कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध हुनुपर्ने बताएका छन् ।

निजामती सेवा दिवसको अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा कर्मचारी पेसागत दक्षतालाई अक्षुण राख्दै देश र जनताप्रति थप जिम्मेवार बन्नुपर्ने उल्लेख छ । प्रदेश प्रमुख गुरुङले राज्यका नीति, योजना र कानुनको तर्जुमा तथा त्यसको कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको बताए ।

“जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता छ”, उनले सन्देशमा भनेका छन्, “निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्छौं ।”

प्रदेश प्रमुख गुरुङले राष्ट्रसेवक कर्मचारीमा आफू साधनस्रोतको परिचालन एवं शक्तिको प्रयोग गर्ने शासक नभै आम सर्वसाधारणको सेवक हुँ भन्ने भावना जागृत हुनु अपरिहार्य छ भन्दै सन्देशमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी वर्गलाई आजको दिनले मुलुकको विकास र सुशासनका लागि पारदर्शी तथा जवाफदेही भई जनताको सेवा गर्ने अवसर मिल्ने उल्लेख गरे ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ९ : ३० बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट