आज नेप्सेमा ६०.०२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो « Khabarhub

आज नेप्सेमा ६०.०२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ ।

लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६०.०२ अंकले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ बिन्दुले ओरालो लागेर ५३६.५१ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घटेको छ । कूल २२५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर रु छ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहको शेयर नै आज ओरालो लागेको छ । बैंकिङ ३१.९६, व्यापार ८२.०४, होटल तथा पर्यटन ६४.३५, विकास बैंक १५७.९७, जलविद्युत् ५३.३५, वित्त ९७.०५, निर्जीवन बीमा ३२८.८२, उत्पादन १८८.४३, अन्य ६३.३४, लघुवित्त ६७.६३, जीवन बीमा ४२१.३६, सामूहिक लगानी कोष ०.०९ र लगानी २.५३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४० करोड ५७ लाख ७५ हजार ४६१ बराबरको कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावर रु २४ करोड ५१ लाख २३ हजार ६३८, स्वरोजगार लघुवित्त रु २४ करोड २१ लाख ६२ हजार ५६७, रिडी हाइड्रोपावर रु २३ करोड ६३ लाख ५८ हजार ५८९ र रैराङ हाइड्रोपावर रु २३ करोड ४६ लाख ४९ हजार ३२८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । एक्सेल डेभलपमेन्ट बैंक ८.६०, रैराङ हाइड्रोपावर ८.३३, युनिभर्सल पावर ७.६४ र स्वरोजगार लघुवित्तका लगानीकर्ताले ६.९८ प्रतिशतले कमाए ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कम्पनी ६.०६, गुडविल फाइनान्स ५.४७, एनआइबिएल समृद्धि फण्ड एक ५.३३, सिभिल लघुवित्त ५.२९ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतले गुमाए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २५ अर्ब ७६ करोड ८८ लाख ७० हजार २८७ बराबर कायम भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : १७ बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका