आज नेप्सेमा ६०.०२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो | Khabarhub Khabarhub

आज नेप्सेमा ६०.०२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ ।

लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६०.०२ अंकले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ बिन्दुले ओरालो लागेर ५३६.५१ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घटेको छ । कूल २२५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर रु छ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहको शेयर नै आज ओरालो लागेको छ । बैंकिङ ३१.९६, व्यापार ८२.०४, होटल तथा पर्यटन ६४.३५, विकास बैंक १५७.९७, जलविद्युत् ५३.३५, वित्त ९७.०५, निर्जीवन बीमा ३२८.८२, उत्पादन १८८.४३, अन्य ६३.३४, लघुवित्त ६७.६३, जीवन बीमा ४२१.३६, सामूहिक लगानी कोष ०.०९ र लगानी २.५३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४० करोड ५७ लाख ७५ हजार ४६१ बराबरको कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावर रु २४ करोड ५१ लाख २३ हजार ६३८, स्वरोजगार लघुवित्त रु २४ करोड २१ लाख ६२ हजार ५६७, रिडी हाइड्रोपावर रु २३ करोड ६३ लाख ५८ हजार ५८९ र रैराङ हाइड्रोपावर रु २३ करोड ४६ लाख ४९ हजार ३२८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । एक्सेल डेभलपमेन्ट बैंक ८.६०, रैराङ हाइड्रोपावर ८.३३, युनिभर्सल पावर ७.६४ र स्वरोजगार लघुवित्तका लगानीकर्ताले ६.९८ प्रतिशतले कमाए ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कम्पनी ६.०६, गुडविल फाइनान्स ५.४७, एनआइबिएल समृद्धि फण्ड एक ५.३३, सिभिल लघुवित्त ५.२९ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतले गुमाए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २५ अर्ब ७६ करोड ८८ लाख ७० हजार २८७ बराबर कायम भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : १७ बजे

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज– यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत

व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

टक्सार–  सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि