ट्रम्पको नयाँ आप्रवासन योजना– डीभी बन्द, ग्रिनकार्ड पनि सजिलै नपाइने « Khabarhub

ट्रम्पको नयाँ आप्रवासन योजना– डीभी बन्द, ग्रिनकार्ड पनि सजिलै नपाइने


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


डाइभर्सिटी भिसा अर्थात् डीभी चिट्ठा कार्यक्रम बन्द गर्ने योजनासहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति अघि सारेका छन् ।

ह्वाइट हाउसको रोज गार्डेनमा उनले सार्वजनिक गरेको नयाँ आप्रवासन नीति अनुसार अब ग्रिनकार्ड दिन पनि कडाई गरिनेछ । यसका लागि कडा परीक्षा दिनुपर्ने तथा अहिलेका भन्दा थप प्रक्रिया पूरा गर्नु पर्ने जनाइएको छ ।

यसअघि हरेक वर्ष ११ लाख भन्दा धेरै मानिसहरुले ग्रिनकार्ड पाउने गरेकोमा दुई तिहाई भन्दा धेरै ग्रिनकार्ड अमेरिकामा परिवार रहेकालाई पारिवारिक सम्बन्धका आधारमा दिने गरिँदै आइएको थियो । तर, अब भने ग्रिनकार्ड दिन अब उच्च सीप भएका, अंग्रेजी राम्ररी बोल्नसक्ने र युवावर्गका आप्रवासीलाई प्राथमिकता दिइनेछ ।

ट्रम्पका अनुसार अब अमेरिकाले दिने ग्रिनकार्डको ५७ प्रतिशत हिस्सा यस्ता उच्च सीप र दक्षता भएका आप्रवासीले ओगट्नेछन् ।

यद्यपि उनको नयाँ नीति डेमोक्र्याटिक पार्टीको बहुमत रहेको कंग्रेसको तल्लो सदनबाट पारित हुनेमा भने आशंका रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १२ : ५० बजे

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी 

काठमाडौं– नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच स्वास्थ्य सेवा सुदृढीकरण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा जेठ २६ गते बसेको मन्त्रिपरिषद्

स्वतन्त्र सांसद महावीर पनि विज्ञान प्रविधिमन्त्री बन्दै, सुधनसँगै शपथ

काठमाडौं– गृहमन्त्रीमा पुनः सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन

विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन

काठमाडौं– सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको

ट्राफिक प्रहरीद्वारा एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला

काठमाडौं– ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना