तीजमा पुशपतिनाथ : ढोका बाहिरबाटै दर्शन, मन्दिर परिसरमा नाचगान (फोटोफिचर) « Khabarhub

तीजमा पुशपतिनाथ : ढोका बाहिरबाटै दर्शन, मन्दिर परिसरमा नाचगान (फोटोफिचर)



काठमाडौँ– रातो पहिरनमा सजिएका महिलाहरु, पशुपतिनाथ मन्दिरको मुल ढोकाको बाँयातिर बाटोमै नाचिरहेका छन्। भीड बाक्लै छ, सुरक्षाकर्मीहरु माइकिङ गरिरहेका छन् – कृपया भीडभाड नगरिदिनु होला ।

दृश्य हो काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर खुलेको छैन ।

यद्यपी महिलाहरु बिहानैदेसख मन्दिर पुगेका छन् । मन्दिरको मुख्य ढोका अगाडि केही महिलाहरु धुप बालिरहेका थिए, केही भगवानलाई ढोगिरहेका थिए ।

दर्शनका लागि मन्दिर पुगेकाहरुमा कोरोना संक्रमणको त्रास कायमै छ ।

व्रत बसेका महिलाहरु मास्क लगाएर पशुपतिनाथ पुगेका छन् । कतिपय महिलाहरु पूजा सकिएपछि स्यानिटाइजरसमेत लगाइरहेका थिए । गेटमा पूजा सकिएपछि उनीहरु भीडभाड नगरी फर्किरहेका छन् ।

पशुपतिमा तीजको दिन लाखौंको संख्यामा भक्तजनहरु दर्शनका लागि आउने गर्छन् । देशमा कोरोना संक्रमण नभएको अवस्थामा बिहानदेखि साँझसम्म दर्शनको लागि महिलाहरु लाइन बस्थे ।

त्यसो त पशुपतिनाथ अघिल्लो वर्षपनि कोरोनाका कारण बन्द थियो ।

यसपालीको तीज अघिल्ला वर्षहरुमा भन्दा केही फरक देखिन्छ । कोरोना संक्रमणको त्रास रहिरँदा पनि महिलाहरु व्रत बसेर मन्दिर गइरहेका छन् ।

‘पोहोर पनि आएर गेटबाटै दर्शन गरेर फर्किएकी थिएँ, यसपाली नि मन्दिर बन्द भए पनि गेटबाटै दर्शन गरेर फर्किन्छु’, गोकर्णदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेकी रामकला थापाले खबरहबसँग भनिन् ।

उनी हरेक वर्ष तीजको दिन पशुपतिनाथ पुग्ने गरेको बताउँछिन् । विगतमा पशुपति मन्दिरमा घण्टौंसम्म लाइन बसेर दर्शन गर्ने गरेकी उनी दर्शनपछि कम्मर भाँचेरै नाचेको अनुभव सुनाउँछिन् ।

‘२ वर्ष भयो कोरोनाले रमाइलो गर्न दिएन, नत्र बिहानै आउने लाइन बसेर दर्शन गर्थेँ’, उनी हाँस्दै भन्छिन्, ‘दर्शन सकिएपछि दिनभर कम्मर भाँचीभाँची नाचिन्थ्यो ।’

रामकलाको जस्तै अनुभव धेरै महिलाको छ । तीजमा व्रत बस्ने शिव भगवानको मन्दिर पुग्ने र पुजाअर्चना गरेपछि मनोकांक्षा पुरा होस् भन्ने चाहना राख्छन् ।

विशेषगरी तीजका दिन व्रत बस्ने र शिव भगवानको पुजा गर्ने भएकाले मन्दिर प्रांगणसम्म पुग्दा आनन्दको अनुभूति हुने वर्षा शर्मा बताउँछिन् ।

त्यसो त कोरोना संक्रमणको जोखिम कायमै छ । भीडभाड नगर्न विज्ञहरुले सुझाव दिइरहेका छन् । तर सुरक्षाका उपायहरु अपनाएपछि कोरोना नलाग्ने मन्दिरमा दर्शनका लागि आएकाहरु बताउँछन् ।

‘व्रत बसेपछि मन्दिर जानैपर्छ जस्तो लाग्छ, गेटबाहिरै भएपनि दिदीबहिनीसँग एकछिन रमाइलो गरौँ भनेर आइयो’, उनी भन्छिन्, ‘कोरोनाको डर हामीलाई पनि छ सतर्क भएरै हिडेका छौँ ।’

पशुपतिनाथसँगै काठमाडौँको गोकर्णमा रहेको गोकर्णेश्वर मन्दिरमा पनि महिलाहरुको चहलपहल बढेको छ । गोकर्ण जोरपाटी आसपासका व्रतालु महिलाहरु बिहानैदेखि दर्शनका लागि मन्दिर पुगेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ३३ बजे

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव