स्थानीय र व्यापारीको अवरोध पछि धरहरा पुनःनिर्माणको काम स्थगित « Khabarhub

स्थानीय र व्यापारीको अवरोध पछि धरहरा पुनःनिर्माणको काम स्थगित


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भूकम्पले भत्किएको ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहराको पुनःनिर्माणमा स्थानीयले अवरोध सिर्जना गरेका छन् ।

धरहरा निर्माणका क्रममा बन्द गरिएको पैदल माग खुलाउनुपर्ने माग अझै पनि पूरा नभएको भन्दै शुक्रबार स्थानीयले निर्माण कार्यमा अवरोध सिर्जना गरेका हुन् ।

धरहरा–सुन्धारा क्षेत्रका स्थानीय र व्यापारीले शुक्रबार विहान अवरोध गरेपछि पुनःनिर्माणको काम तत्काललाई स्थगित भएको धरहरा पुनःनिर्माण परियोजनाका व्यवस्थपक श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।

धरहरको पुनःनिर्माणअन्तर्गत हालसम्म करिब १३ प्रतिशत काम सकिएको जनाइएको छ । तीव्र गतिमा पुनःनिर्माणको काम भइरहेको भनिएको अवस्थामा शुक्रबार स्थानीयको विरोध पनि निर्माण कार्य अवरुद्ध भएको छ ।

धरहराको पुनःनिर्माण शुरु भएयता विगत ६ महिनादेखि नै स्थानीय र व्यापारीहरुले आफूहरुको आवतजावतका लागि निर्माण क्षेत्रमा पर्ने पैदल मार्ग खुलाइनुपर्ने माग राख्दै आएका छन् ।

धरहराको पुनःनिर्माणका क्रममा ऐतिहासिक सम्पदा सुन्धाराको पनि उचित संरक्षण गरिनुपर्ने स्थानीयको माग छ ।

पैदलमार्ग समेत नखुलाइको कारण आफूहरु मारमा परेको स्थानीय व्यापारी अनिता बढुाथोकीले बताइन् ।

धरहरा पुनःनिर्माण समितिले भने स्थानीयको मागअनुसार निर्माणस्थलमा पर्ने पैदमार्ग खुलाउनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग छलफल भइरहेको जनाएको छ ।

पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : ५१ बजे

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी– महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर

इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर