बालिका बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

बालिका बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नवीन हुसेन अन्सारी रहेका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यका अनुसार अन्सारीले बालिकालाई २१ भदौको राति जबरजस्ती करणी गरेको उजुरी परेको थियो । पैसा दिने भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । अन्सारी १२ वर्षदेखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए ।

करणीपश्चात फरार रहेका उनलाई २२ गते पक्राउ गरिएको थियो । अदालतबाट म्याद थप गरी अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १० : ३५ बजे

धान रोपाइँमा कृषिमन्त्री (तस्बिरहरू)

काठमाडौं–  नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ

माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइले तरंग ल्याएको

दही चिउरासँग धेरै गुलियो नखान सुझाव

आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिनका

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका

मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनजनाको मृत्यु

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा