कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज « Khabarhub

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ ।

कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७ भदौमा दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गर्दै रिट खारेज गर्ने फैसला गरेको हो ।

वैद्यले कोभिड महामारी कायमै रहेको, माओवादी र एमालेको पनि महाधिवेशन नभएको तथा कांग्रेसको वैधानिकता अझै एक वर्ष कायमै रहेको भन्दै मंसिरमा तोकिएको महाधिवेशन स्थगित गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

उनले रिट दायर गरेको भोलिपल्ट १८ भदौबाट कांग्रेसको वडा अधिवेशन सुरू भएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन सुरू भइसकेको जानकारी बिहीबारै निर्वाचन आयोगमा बुझाइसकेको छ ।

अदालतले रिट खारेज गरेसँगै अब कांग्रेसको महाधिवेशन नरोकिने भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ०१ बजे

भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको

ट्रम्पको सैन्य शक्तिमाथि अंकुश लगाउने प्रस्ताव अमेरिकी संसदबाट पारित

काठमाडौं – अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित

इरान–अमेरिका तनावले बेलायतको ऊर्जा रणनीतिमा असर

लण्डन – इरान युद्धका कारण हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द