कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज « Khabarhub

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ ।

कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७ भदौमा दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गर्दै रिट खारेज गर्ने फैसला गरेको हो ।

वैद्यले कोभिड महामारी कायमै रहेको, माओवादी र एमालेको पनि महाधिवेशन नभएको तथा कांग्रेसको वैधानिकता अझै एक वर्ष कायमै रहेको भन्दै मंसिरमा तोकिएको महाधिवेशन स्थगित गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

उनले रिट दायर गरेको भोलिपल्ट १८ भदौबाट कांग्रेसको वडा अधिवेशन सुरू भएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन सुरू भइसकेको जानकारी बिहीबारै निर्वाचन आयोगमा बुझाइसकेको छ ।

अदालतले रिट खारेज गरेसँगै अब कांग्रेसको महाधिवेशन नरोकिने भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ०१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित