झिनो अंकले घट्यो नेप्से परिसूचक « Khabarhub

झिनो अंकले घट्यो नेप्से परिसूचक


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.६२ अंकले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अंकले ओरालो लागेर ५३५.२९ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार ८५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । व्यापार ०.६, जलविद्युत् ६२.७५, जीवन बीमा ५९.३८ र लगानी ०.१७ विन्दुले बढेको छ ।

बैंकिङ २.१७, होटल तथा पर्यटन ३.३१, विकास बैंक १२.०१, वित्त ३६.४३, निर्जीवन बीमा ६.३५, उत्पादन २१.७२, अन्य २२.५१, लघुवित्त १७.८८ र सामूहिक लगानी कोष ०.१६ विन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ३९ लाख ४९ हजार २२३ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु ४८ करोड ८५ लाख ६३ हजार ९०५, रैराङ हाइड्रोपावर रु ३३ करोड ६५ लाख छ हजार ९५१, युनाइटेड मोदी रु ३१ करोड २४ लाख ७८ हजार ७३५ र हिमालयन पावर पार्टनर रु १९ करोड ५० लाख २८ हजार ६४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन पावर पार्टनर र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारातमक सर्किट लाग्यो । यस्तै रैराङ हाइड्रोपावर ९.२२, ग्रीन लाइफ हाइड्रोपावर ८ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ७.४१ प्रतिशतले कमाए ।

यसैगरी रिडी हाइड्रोपावर ५.२६, सिटिजन म्युचुअल फण्ड ५.१३, आइसिएफसी फाइनान्स ४.०२, सपोर्ट माइक्रोफाइनान्स २.९४ र युनिलिभर नेपालका शेयरधनीले २.८४ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार १७३ बराबर पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : २५ बजे

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर

खोटाङ– खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि

नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति

झापा– नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनर्निर्माणलाई

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू

काठमाडौँ– कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका काम प्रभावित

कञ्चनपुर– पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण

बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ– बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका