बेलैमा निन्द्रा लाग्ने टिप्स « Khabarhub

बेलैमा निन्द्रा लाग्ने टिप्स


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिस स्वस्थ्य रहन र ताजापन महशुस गर्न राति मिठो निन्द्रा लाग्न आवश्यक छ । निन्द्रा लागेर मात्र हुदैँन निन्द्रा पर्याप्त हुन पनि आवश्यक छ । तर आजकल मानिसलाई हतपत निन्द्रा पर्दैन । त्यसैले उनिहरु बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गर्छन् । त्यसो भए राति सहज रुपमा निदाउन के गर्ने त ?

सुत्नुअघि टिभी नहेर्ने
धेरै मानिसहरु राति सुत्नु भन्दा अघि टेलिभिजन हेर्ने गर्दछन् । तर यस्तो बानीले निन्द्रा बिथोल्ने गर्दछ । त्यसैले सकेसम्म यो बानीलाई छाड्नु पर्दछ ।

अबेरसम्म जागा नरहने
धेरै मानिसहरु राति बेडमा सुतेर फोनमा व्यस्त हुने गर्दछन् । जसका कारण उनीहरु राति अबेरसम्म जागा हुने बानी पर्दछ । तर यस्तो बानीले निन्द्रा पर्न दिदैँन । त्यसैले यो बानीलाई तत्काल त्याग्नु पर्दछ ।

सुत्ने र उठ्ने समय निश्चित पार्ने
सुत्ने र उठ्ने समय निश्चित गर्दा पनि मिठो निन्द्रा लाग्ने गर्दछ । त्यसैले राति सुत्ने र बिहान उठ्ने समय निश्चित पार्नु पर्दछ ।

राति चिया वा कफी नपिउने
राति सुत्नुअघि चिया वा कफी पिउनु हुदैँन । यी दुबै पेय पदार्थमा यस्ता तत्व पाइन्छन् जसले उत्तेजना बढाउँछ र निन्द्रा गायब गरिदिन्छ ।

नियमित योग
योग गर्दा शरीरले आराम पाउँछ । साथै तनाव कम गर्दछ । जसले तपाईंलाई मिठो निन्द्राको लागि सहयोग पुर्याउँछ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ४५ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा