एक्जिट भिसा नपाएर साउदीमै रोकिए ४० नेपाली « Khabarhub

एक्जिट भिसा नपाएर साउदीमै रोकिए ४० नेपाली



दोहा- वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका ४० नेपाली युवा समस्यामा परेका छन् । भिसाको म्याद सकिएर कम्पनीले एक्जिट भिसा नलगाइ दिएपछि उनीहरू साउदीमै रोकिएका छन्  ।

साउदीको जेद्धामा रहेको सेद इन्टरनेसनलले कम्पनीले समयमा एक्जिट भिसा नलगाई दिदा स्वदेश फर्किन समस्या भएको पीडित नेपालीहरुले बताएका छन् ।

‘तीन वर्ष भन्दाबढी भयो घर नगएको अहिले हामी पाँच महिनादेखि घर फर्किने तयारीका साथ कोठामै बसिरहेका छौ,’ बर्दिया तारातालका गजेन्द्र भण्डारीले खबरहबसँग भने कम्पनीले एक्जिट भिसाको प्रोसेस भईरहेको छ मात्र भन्छ अहिलेसम्म केही भएको छैन् ।

‘हामी एउटै कम्पनीमा काम गर्ने  ४० नेपाली एक्जिट भिसाको पर्खाइमा बसेको पनि पाँच महिना भयो,’ उनले भने, ‘कम्पनीले खानबस्न दिए पनि लामो समयसम्म कोठामा बसिरहेकोले मानसिक तनावमा छौ ।’

आफूहरुको समस्या जेद्धास्थित महाबाणिज्य दूतावासलाई पनि ४० जनाकै नाम लिष्टसहित जानकारी गराएको भए पनि आज हुन्छ, भोली हुन्छ भनेर झुलाई रहेको उनीहरुले गुनासो गरेका छन् ।

यता दूतावासले भने पीडितको समस्या समाधानको प्रयास जारी रहेको जनाएको छ । एक्जिट भिसाको पहल भैरहेको दूतावासले जनाएको छ । यस्ता समस्या दिनप्रतिदिन बढ्न थालेको भन्दै नेपाली कामदारको अवस्था बुझ्न र समाधानको पहल गर्न पीडित कामदारले दूतावासलाई आग्रह गरेका छन् ।

पाँच महिनादेखि भिसाविहीन अवस्थामा बसिरहेको भन्दै उनीहरुले त्यहाँ रहेका विभिन्न संघसस्था लगायत सम्बन्धित निकायलाई आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

कोरोना महामारीका कारण साउदी अरबबाट करार अबधि सकिएर स्वदेश फर्किने नेपालीले टिकट पाए पनि एक्जिट (बहिर्गमन) भिसा नपाउदा सयौँ नेपालीहरु समस्या परेका छन् ।

पछिल्लो समयमा कम्पनीले महामारीको कारण देखाउँदै कामदारलाई बिना पारिश्रमिक कम्पनीबाट निकाल्ने तथा समयमा एक्जिट भिसा नलगाई दिने र करार अबधि सकिएपछि पनि घर नपठाउने गरेको गुनासो बढ्न थालेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : ४५ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र