दूधको कारोबारले आत्मनिर्भर « Khabarhub

दूधको कारोबारले आत्मनिर्भर


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न छन् । उनी बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध सङ्कलन गरी बिक्री गर्दै आएका छन् । दूध बिक्री गरी आएको आम्दानीले बोहराको परिवारको खर्च चल्दै आएको छ ।

गर्मी मौसममा ३०० र चिसोमा २६० लिटर दूध सङ्कलन हुने गरेको छ । सङ्कलित दूधका क्यान मोटरसाइकलमा राखेर झलारी बजारबाट महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । दूध बिक्री गरेर मासिकरूपमा बोहराले रु ३० हजार आम्दानी हात पार्ने गरेको बताए ।

सङ्कलित दूध ११ बजेसम्म बजार लगेर बिक्री गरी उनी घर फिर्ता हुने गरेका छन् । दिउँसोको बाँकी समय घरमै खोलिएको किराना पसलमा उनले बिताउने गरेका छन् । गाईको दूध रु ४० र भैँसीको दूध रु ४५ प्रतिलिटरमा पशुपालकबाट खरिद गरी बजारमा रु ५० प्रतिलिटरका दरले बिक्री गर्ने गरेका छन् ।

दूध बिक्रीबाट आएको पैसाले तीन कठ्ठा जग्गा, पाँचकोठे पक्की घर निर्माणसँगै सहकारीको सेयरमा बोहराले लगानी गरेका छन् । उनले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । दूधको कारोबारमा लागेका बोहरा यसमै भविष्यका सपना बुन्नमा लागेका छन् । आफ्नै दुग्ध उद्योग खोलेर आम्दानीलाई बढाउने उनको योजना छ ।

उनले भने, “घर–घरमा पुगेर दूध बिक्री गरे आम्दानी हुन्छ भन्ने कुरा सम्झाउन सफल भएँ, दैनिक दूध बिक्री गरेर पैसा हातमा पर्न थालेपछि स्थानीय बासिन्दाले सहजरूपमा दूध बिक्री गर्न थाले, त्यसपछि दूध सङ्कलन गरी बजारमा लगेर बिक्री गर्न थालेपछि पशुपालक र आफूले आम्दानी लिन थालेका छौँ ।”

विगतमा घरकै लागि दूधको जोहो मिलाउने स्थानीय बासिन्दाले गतिलो आम्दानी हुन थालेपछि बढी दूध दिने जर्सी गाई र उन्नत जातका भैँसी पाल्न थालेको उनले बताए ।

“पहिला दूध बिक्री गर्ने सीमित थिए, हाल सबैका घर–घरमा दुधालु गाई, भैँसीपालन गरेका छन्, दुधालु गाई, भैँसी पाल्नेमध्येका केही परिवारले दूध बिक्री गरी मासिकरूपमा रु २० देखि रु ३५ हजारसम्म आम्दानी लिन थालेका छन्”, उनले भने ।

शुक्लाफाँटा नगरपालिका क्षेत्रमा १० जनाले घरघरमा पुगेर उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री गर्दै आएका छन् । दैनिक नगरपालिका क्षेत्रबाट तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको छ ।

नगरपालिकामा भने झण्डै आठ हजार लिटर दूध उत्पादन हुने गरेको अनुमान छ । बजार क्षेत्रमा सञ्चालित दुग्ध उद्योगमा समेत थोरै मात्रामा दूधको खपत हुने गरेको छ । दही बनाउन र चिया बनाउनमा दूध बढी खपत हुने गरेको छ । केही दुग्ध उद्योगले पनिर र खोया बनाउने कार्यमा समेत दूधको खपत गर्दै आएका छन् ।

दूध बिक्रीबाट गतिलो आम्दानी हुने ठानेर धेरैले बाह्य क्षेत्रबाट उन्नत जातका गाई र भैँसी खरिद गरी व्यावसायिकरूपमा पालन गरेका छन् ।

उत्पादित दूध बजारमा बिक्री नहुने समस्या देखिन थालेपछि व्यावसायिक गाई, भैँसीपालनमा लागेकाले घाटा व्यहोर्नुपर्ने अवस्था आएको छ । बजारको व्यवस्था मिलाइदिनका लागि दूध उत्पादनमा लागेकाले स्थानीय तहलाई समेत गुहार्न थालेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ११ : ३० बजे

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको

सातापछि जीवितै भेटिएका आरोही दावा काठमाडौं ल्याइए

काठमाडौं– सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक

अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु

काबुल– अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतका द्वन्द्वका क्रममा जमिनमा छाडिएका

‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी

उत्तर कोरियाको आणविक दौड तीव्र, नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक

काठमाडौं– उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने