राजेश हमाल भन्छन्–नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ « Khabarhub

राजेश हमाल भन्छन्–नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता राजेश हमालले हाल चर्चामा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) प्रति आफ्नो धारणा राखेका छन् । उनले शुक्रबार मध्यरातमा एक भिडियो फेसबुकमा पोस्ट गर्दै नेपाली भावना प्रति संवेदनशिल हुन अमेरिकासँग आग्रह गरेका छन् ।

‘आफ्नो छविप्रति अन्य राष्ट्रका नागरिकहरुको विश्वास दिलाउन र असन्तुष्टिलाई स्पष्ट पार्ने भूमिका हुन्छ । यो भूमिका निर्वाह गर्न अमेरिका तयार हुनुपर्छ । किनकी कुनै राष्ट्र र नागरिकको चाहना र भावना विपरित गरिएको क्रियाकलाप कहिँ पनि सौहार्दपूर्ण हुँदैन । नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ’, हमालले भनेका छन् ।

उनले अमेरिका नेपालीको भावना र असन्तुष्टि प्रति संवेदनशिल हुन आवश्यक रहेको उल्लेख गरेका छन् । ‘नेपाली जनताको भावनालाई चित्त नबुझाईकन गरिएका क्रियाकलापहरु दुरगामी असर पर्नेछ । एक किसिमको प्रत्युत्पादक पनि हुनेछ’, उनले भनेका छन् ।

हमालले नेपालको विगत र वर्तमानको परराष्ट्र नीति असंलग्नता र पञ्चशीलमा आधारित रहेको स्मरण गर्दै नेपाल सबै राष्ट्रसँग मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम गर्ने पक्षमा रहेको जनाएका छन् ।

‘नेपाली जनतामा एमसीसीले नेपाली सार्वभौमसत्ता र आफ्नो स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको महशुस गर्नुभएको छ । यो स्वाभाविक पनि हो । त्यसकारण राष्ट्रको नागरिकको चाहना, भावना विपरित कुनै क्रियाकलाप गरियो भने त्यसको दीर्घकालिन असर पर्न सक्छ’, उनले भनेका छन् ।

उनले कुनै राष्ट्रको छवि बिग्रिएको त्यो राष्ट्रलाई विश्वले हेर्ने नजर बदलिने जनाउदै त्यसले विश्वासको स्तर पनि घट्ने दाबी गरे ।

https://www.facebook.com/100006145989198/videos/4254202064693004/

 

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १ : ५५ बजे

फ्लप भयो ‘रोल नम्बर १’

काठमाडौं – सबैभन्दा बढी व्यापार गर्ने फिल्मको निर्माताको क्रिडिट लिएर

पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको

यस्ता छन् अमेरिका-इरान वार्ताबाट सहमति जुटेका मुख्य ८ बुँदा

जेनेभा- मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त

नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो, बालेन सरकारले थप्यो झण्डै सबा खर्ब

काठमाडौं– नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुग्न लागेको

विधि र नीतिमा स्पष्टता ल्याउँछौँ, रास्वपामा गुट-उपगुट हुँदैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पार्टीको पहिलो महाधिवेशनले