नवनियुक्त सेनापतिले सार्वजनिक गरे आफ्नो मार्गचित्र « Khabarhub

नवनियुक्त सेनापतिले सार्वजनिक गरे आफ्नो मार्गचित्र


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई पहिलो पटक सम्बोधन गर्दै प्राथमिकता र आगामी कार्यदिशाका बारेमा जानकारी गराए । उनले जस्तोसुकै जटिल परिस्थितिमा पनि संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण तथा प्रवर्द्धनका लागि सदैव तयार रहन सकल दर्जाहरुलाई निर्देशन पनि दिए ।

जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गर्दै जानुपर्ने बताए । उनले उनले कल्याण्डकारी कार्यमार्फत सेनाका सकलदर्जा र उनीहरुका आश्रित परिवारको जीवनस्तरमा सुधार ल्याउले योजना पनि सार्वजनिक गरे ।

उनले राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीतिअनुरूपको राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मुलग्रन्थ पुनरावलोकन गरिने बताए । उनले यही नीति र रणनीति अनुसार सेना अगाडि बढ्ने बताए ।

शर्माले नेपाली सेनाले चेन अफ कमाण्डलाई पूर्णरुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि स्वीकार्य नहुने टिप्पणी गरे ।

शिक्षा क्षेत्रमा प्रधान सेनापति छात्रवृत्ति र कल्याणकारी छात्रवृत्ति (स्वदेश) का लागि आफ्नै व्यवस्थापनमा अध्ययन गरिरहेका हिताधिकारीहरुका १ जना सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक २० हजारका दरले सैनिक कल्याणकारी छात्रवृत्ति उपलब्ध प्रदान गरिएकोमा अब कक्षा ४ र ५ मा अध्ययन गरिरहेका सन्ततीलाईसमेत वार्षिक २० हजारको छात्रवृत्ति प्रदान गरिने प्रधानसेनापति शर्माले जनाए ।

स्वास्थ्य क्षेत्रमा सेवा बिस्तारको लागि लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरिने, वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि क्याथ ल्यावको स्थापना गरिने र त्रि–चन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै वीरेन्द्र अस्पताल र उपत्यका बाहिर अक्सिजन प्लाण्टको स्थापना गरिने योजना सार्वजनिक गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : २६ बजे

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै