प्रदर्शनमा उत्रिएका चार जनाको तालिबानद्वारा हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग « Khabarhub

प्रदर्शनमा उत्रिएका चार जनाको तालिबानद्वारा हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग


२७ भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ ।

तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न तालिवान लडाकुले कोर्रा, ढुंगा र बन्दूक समेत प्रयोग गरेका छन् । तालिवानको आक्रमणमा हालसम्म चार प्रदर्शनकारीको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।

प्रदर्शनकारीमाथि भएको आक्रमण र दमन रोक्न राष्ट्रसंघले अफगान सरकारसमक्ष माग गरेको छ ।

‘अधिकार माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका व्यक्ति र उनीहरुको समाचार लेख्ने सञ्चारकर्मीमाथि गरिएको दमन र पक्राउ तत्काल रोक्न आह्वान गछौं,’ राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चआयुक्तका प्रवत्ताले एक विज्ञप्तिमा भनेकी छिन् ।

अफगानिस्तानका विभिन्न प्रान्त नियन्त्रणमा लिएका तालिवानले १५ अगस्टमा राजधानी काबुल कब्जा गरेका थिए । लगत्तै अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सेना स्वदेश फर्काउन थालेको थियो । दुई सातामा एक लाख बीस हजार जनाले काबुल छोडेका थिए ।

यसैबीच, राष्ट्रसंघको खाद्य कार्यक्रमले अफगानिस्तानका ९३ प्रतिशतमा पर्याप्त खानाको अभाव भएको जनाएको छ । अफगानिस्तानको सम्पूर्ण जनसंख्या गरिबीमा धकेलिन सक्ने वाल स्ट्रिट जर्नलको एक रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ९ : १० बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले