९११ जना कोरोना संक्रमित थपिए, १३ को मृत्यु | Khabarhub Khabarhub

९११ जना कोरोना संक्रमित थपिए, १३ को मृत्यु


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घन्टामा देशभर ९११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ सय ३८ जनामा र ३ हजार १४० जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : ३६ बजे

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

संयुक्त राज्य अमेरिका- अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने- निर्णय अनुमोदन गरेको हुँ, अनियमितता गरेको छैन

काठमाडौं– पुरानो बसपार्कस्थित काठमाडौं टावरको विवादमा आफ्नो चरित्र हत्या भएको

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा