पूर्व सदस्य–सचिव राणालगायतको निधनमा शोक सभा | Khabarhub Khabarhub

पूर्व सदस्य–सचिव राणालगायतको निधनमा शोक सभा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा गरेको छ । स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो ।

कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग सम्बन्धितको सम्झनामा त्रिपुरेश्वरस्थित राखेप हातामा शोकसभा आयोजना गरिएको थियो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्य रिमबहादुर रानाभाट, सुभाष श्रेष्ठ, रेणुका श्रेष्ठ, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारी, प्रशिक्षकलगायतले दिवंगतहरुको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पन गरेका थियो ।

त्यसअघि उनीहरुको सम्झनामा १ मिनेट मौन धारणा गरिएको थियो । सोमबार राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरिने भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : २९ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय