पूर्व सदस्य–सचिव राणालगायतको निधनमा शोक सभा « Khabarhub

पूर्व सदस्य–सचिव राणालगायतको निधनमा शोक सभा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा गरेको छ । स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो ।

कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग सम्बन्धितको सम्झनामा त्रिपुरेश्वरस्थित राखेप हातामा शोकसभा आयोजना गरिएको थियो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्य रिमबहादुर रानाभाट, सुभाष श्रेष्ठ, रेणुका श्रेष्ठ, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारी, प्रशिक्षकलगायतले दिवंगतहरुको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पन गरेका थियो ।

त्यसअघि उनीहरुको सम्झनामा १ मिनेट मौन धारणा गरिएको थियो । सोमबार राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरिने भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : २९ बजे

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित