गनञ्जय र सुस्मितालाई स्वर्ण | Khabarhub Khabarhub

गनञ्जय र सुस्मितालाई स्वर्ण


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गनञ्जय दाहाल र सुस्मिता खड्का १५औँ हरेराम जोशी स्मृति टेबल टेनिस प्रतियोगिताको सिङ्गल्समा च्याम्पियन बनेका छन् । गनञ्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भएका हुन् ।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोस्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेस्रो भए । महिलामा निकिता कस्ती दोस्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेस्रो स्थानमा रहे ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष भेट्रान ४० वर्षमाथि उमेश मानन्धरले स्वर्ण, जयराम महर्जनले रजत तथा राजु शाक्य र निकेशप्रसाद जोशीले कांस्य जिते । पुरुष भेट्रान ५० वर्षमाथि राजेन्द्र बज्राचार्य, किरण व्यञ्जनकार तथा इन्द्रशेखर खड्का र सरदमान श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे ।

६० वर्षमाथि जगदेश्वरप्रसाद जोशी पहिलो, रोशन प्रधान दोस्रो तथा ध्रुव श्रेष्ठ तेश्रो बने ।

महिला भेट्रान ५० वर्षमाथि सविता बस्नेत पहिलो, इन्दिरा पौडेल पराजुली दोस्रो र सम्झना पोखरेल तेस्रो भए । अर्सना महर्जन तथा श्रेया शाक्य उदियमान खेलाडी चुनिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ५४ बजे

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार