रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोज १ देखि | Khabarhub Khabarhub

रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोज १ देखि


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिभाईभ लिजरपार्क स्थापनाको उपलक्ष्यमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ अशोज १ गते देखि हुने भएको छ । पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने आकांक्षा गरिएको छ ।

सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिका भेट्रान्स युगल गरी ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ब्याडमिन्टन संघको स्वीकृति तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा २०० बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शीर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : २९ बजे

शीतल निवासमा सरकार र जेन-जी प्रतिनिधिबीच छलफल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेन-जी प्रतिनिधिबीच छलफल

तनावमा देखिएकी प्रधानमन्त्री पत्रकारले प्रश्न सोध्दा झोंक्किइन्, झर्किएर जवाफ दिएको भिडियो भाइरल

काठमाडौं- गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला

कांग्रेस बैठक : छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा जोड

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले छिटो भन्दा छिटो

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले ‘जेन-जी’ आन्दोलनले उठाएको