डा. शर्मा र ओलीको बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास पुस्तक लोकार्पण | Khabarhub Khabarhub

डा. शर्मा र ओलीको बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास पुस्तक लोकार्पण


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा रुद्र शर्मा र सीए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ बजारमा आएको छ ।

यसै साता एक कार्यक्रमकाबीच सो पुस्तक लोकार्पण गरिएको हो ।

सो पुस्तकमा नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानूनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानूनलाई समाज र आर्थिक बिकासमा जोडेर विश्लेषण गरिएको छ ।

पुस्तकका लेखकमध्ये डा शर्मा संविधानविद्समेत हुन् भने ओली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

पुस्तक लोकार्पण समारोहमा विभिन्न अथितिहरुले नेपाली समाजमा सो पुस्तकको महत्वबारे बोलेका थिए । समारोहमा बोल्दै सो पुस्तकका लेखक डा शर्माले अहिले राजनीतिक, सामाजिक, आर्थिकलगायतका पक्षमा बौद्धिक सम्पत्तिको विषयमा चौतर्फी बहस भएकाले सो पुस्तक लेखन र लोकार्पण सही समयमा गरिएको बताए ।

उनले सो पुस्तकमा बौद्धिक सम्पत्ति सम्बन्धि कानूनलाई सहज र सरल भाषामा प्रस्तुत गरिएकोसमेत बताए । पछिल्लो समय चर्चामा रहेको एमसीसीलाई लिएर पनि बौद्धिक सम्पत्तिको बहस छेडिएकाले सो पुस्तकले बौद्धिक सम्पत्तिको विषयलाई बुझ सजिलो बनाउने दाबीसमेत गरे ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ३७ बजे

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

तेल अभिभ– हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ