बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन | Khabarhub Khabarhub

बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् ।

२०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो ।

‘गत वर्ष मंसिरदेखि चैतसम्म विद्यालय खुलेका थिए, घाम लागेको दिन चौर र पानी परेको दिन त्रिपालमुनि कक्षा सञ्चालन गरेका हौँ’, विद्यालयका शिक्षक दिलीपसिंह ठगुन्नाले भने ।

गत चैतदेखि बन्द रहेका विद्यालय जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य मापदण्डको पालना गरी संचालन गर्न पाउने निर्णय गरेअनुसार २२ भदौदेखि भौतिक रूपमा कक्षा सञ्चालन गरिएको उनले बताए ।

आठ कक्षासम्म पढाइ हुने उक्त विद्यालय सञ्चालनका लागि चारवटा त्रिपाल टाँगिएको शिक्षक ठगुन्नाले बताए । ‘दुईवटा कोठा बाढीले बगाएको थिएन । त्यसमा कार्यालय र साना कक्षा सञ्चालनमा ल्याएका छौँ । चारदेखि आठसम्मका कक्षा त्रिपालमा पढाइ हुन्छ’, उनले भने ।

बेलाबेला हुने वर्षाले पढाइमा समस्या हुने गरेको छ । त्रिपालमुनि विद्यार्थीहरू राखेर बहुकक्षा शिक्षण गरी पठनपाठन भइरहेको शिक्षक ठगुन्नाले बताए । ‘बाढीले विद्यालयको सबै सम्पत्ति बगायो, गाउँपालिकाले दिएका त्रिपालहरूले कक्षा सञ्चालनमा ल्याएका हौँ’, उनले भने ।

बाढीले बगाएको विद्यालयको नयाँ भवन निर्माण टेण्डर प्रक्रियामा गइसकेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए । संघीय सरकारको एक करोड ३७ लाख रुपैयाँ अनुदानमा आठ कोठे भवन निर्माणका लागि ठेक्का आह्वान गरिएको र चैतभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको उनको भनाइ छ ।

‘गाउँपालिकासँग त्यति ठूलो बजेट भएन, प्रदेश सरकारलाई आग्रह गर्दा सहयोग भएन, चालू आर्थिक वर्षमा संघ सरकारबाट अनुदानमा रकम आएको छ’, गाउँपालिका अध्यक्ष धामीले भने ।

बाढीले जोखिम नभएको नयाँ ठाउँमा विद्यालय भवन निर्माणका लागि गाउँपालिकाले जमिनको व्यवस्था गरिसकेको र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट फिल्ड निर्माण गरिएको उनले बताए ।

त्रिपाल टाँगेर विद्यालयको बोर्ड राखिएको फोटो सामाजिक संजालमा भाइरल भएपछि धेरैले यसबारे चासो व्यक्त गरिरहेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : १५ बजे

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।