बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन « Khabarhub

बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् ।

२०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो ।

‘गत वर्ष मंसिरदेखि चैतसम्म विद्यालय खुलेका थिए, घाम लागेको दिन चौर र पानी परेको दिन त्रिपालमुनि कक्षा सञ्चालन गरेका हौँ’, विद्यालयका शिक्षक दिलीपसिंह ठगुन्नाले भने ।

गत चैतदेखि बन्द रहेका विद्यालय जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य मापदण्डको पालना गरी संचालन गर्न पाउने निर्णय गरेअनुसार २२ भदौदेखि भौतिक रूपमा कक्षा सञ्चालन गरिएको उनले बताए ।

आठ कक्षासम्म पढाइ हुने उक्त विद्यालय सञ्चालनका लागि चारवटा त्रिपाल टाँगिएको शिक्षक ठगुन्नाले बताए । ‘दुईवटा कोठा बाढीले बगाएको थिएन । त्यसमा कार्यालय र साना कक्षा सञ्चालनमा ल्याएका छौँ । चारदेखि आठसम्मका कक्षा त्रिपालमा पढाइ हुन्छ’, उनले भने ।

बेलाबेला हुने वर्षाले पढाइमा समस्या हुने गरेको छ । त्रिपालमुनि विद्यार्थीहरू राखेर बहुकक्षा शिक्षण गरी पठनपाठन भइरहेको शिक्षक ठगुन्नाले बताए । ‘बाढीले विद्यालयको सबै सम्पत्ति बगायो, गाउँपालिकाले दिएका त्रिपालहरूले कक्षा सञ्चालनमा ल्याएका हौँ’, उनले भने ।

बाढीले बगाएको विद्यालयको नयाँ भवन निर्माण टेण्डर प्रक्रियामा गइसकेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए । संघीय सरकारको एक करोड ३७ लाख रुपैयाँ अनुदानमा आठ कोठे भवन निर्माणका लागि ठेक्का आह्वान गरिएको र चैतभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको उनको भनाइ छ ।

‘गाउँपालिकासँग त्यति ठूलो बजेट भएन, प्रदेश सरकारलाई आग्रह गर्दा सहयोग भएन, चालू आर्थिक वर्षमा संघ सरकारबाट अनुदानमा रकम आएको छ’, गाउँपालिका अध्यक्ष धामीले भने ।

बाढीले जोखिम नभएको नयाँ ठाउँमा विद्यालय भवन निर्माणका लागि गाउँपालिकाले जमिनको व्यवस्था गरिसकेको र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट फिल्ड निर्माण गरिएको उनले बताए ।

त्रिपाल टाँगेर विद्यालयको बोर्ड राखिएको फोटो सामाजिक संजालमा भाइरल भएपछि धेरैले यसबारे चासो व्यक्त गरिरहेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : १५ बजे

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल