काठमाडौँमा बिहानै वर्षा, आज कहाँ-कहाँ छ ‘भारी वर्षा’को सम्भावना ? « Khabarhub

काठमाडौँमा बिहानै वर्षा, आज कहाँ-कहाँ छ ‘भारी वर्षा’को सम्भावना ?


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

२०७८ भाद्र ३० गते (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र ३१ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ र बागमती प्रदेशका केही अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : ४३ बजे

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो