एप्पलले भन्यो- मोटरसाइकल चलाउँदा आइफोनको क्यामेरा बिग्रिन सक्छ | Khabarhub Khabarhub

एप्पलले भन्यो- मोटरसाइकल चलाउँदा आइफोनको क्यामेरा बिग्रिन सक्छ


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एप्पलले सुझाव दिएको छ।

एप्पलले मोटरसाइकलको कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्ने जनाएको हो ।

म्याकरूमर्स वेबसाइटले फेला पारेको एप्पलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ।

उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा सन्तुलन कायम रहोस् भनेर जडान गरिएको प्रविधि ‘अप्टिकल-इमेज स्टेबलाइजेशन अथवा क्लोज्ड-लूप अटोफोकस’ प्रणालीमा हानि पुर्‍याउन सक्ने बताइएको छ।

स्कूटर र मोपेडचालकलाई पनि आईफोन ह्यान्डलमा जडान गर्दा कम्पन घटाउन सघाउने विशेष खालको ‘माउन्ट’ प्रयोग गर्न सुझाव दिइएको छ।

विभिन्न मानिसले मोटरसाइकलमा जोडेपछि आफ्नो फोन बिग्रिएको सामाजिक सञ्जालमा लेखेका छन्।

चाल, कम्पन र गुरुत्वाकर्षणको प्रभावलाई प्रतिरोध गरेर तस्बिरको गुण सुधार गर्नका लागि निर्माण गरिएको आईफोनको क्यामरामा राखिएको प्रणाली यसले प्रभावित भएको पाइएको छ।

मोटरसाइकल चढेर कतै जाँदा बाटो पत्ता लगाउन प्रायः फोन देखिनेगरी ह्याण्डलमा जडान गरेर राख्ने चलन छ। त्यसैले कम्पनबाट आफ्नो आईफोन जोगाउने उपाय भनेको प्रथमतः मोटरसाइकलको ह्याण्डलमा त्यसरी आईफोन नजोड्नु नै हो। बीबीसीबाट

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : ०५ बजे

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी

सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु

सिरहा– सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

म्याग्दी– आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न चीनलाई अमेरिकाको आग्रह

एजेन्सी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी

चितवन राष्ट्रिय निकुञ्जमा असार १५ गतेबाट सफारी बन्द हुने

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेबाट जिप सफारी