भौतिकरूपमा चल्दै काठमाडौँका धेरै विद्यालय, दोधारमा महानगर « Khabarhub

भौतिकरूपमा चल्दै काठमाडौँका धेरै विद्यालय, दोधारमा महानगर


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्लाका अधिकांश स्थानीय तह असोज १ गतेदेखि विद्यालय खोल्ने तयारीमा छन् ।

गत भदौ २१ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको स्थानीय तहका शिक्षा कर्मचारी, अभिभाव र विज्ञसहितको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने अनुमति दिएपछि अधिकांश स्थानीय तह तयारीमा जुटेका हुन् ।

कागेश्वरी र चन्द्रागिरि नगरपालिकाले असोज १ गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्न सूचना जारी गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाले सोमबार उक्त सूचना जारी गरेको हो । कागेश्वरी नगरपालिकाले गत २३ गते नै सूचना जारी गरेको थियो । कीर्तिपुर नगरपालिकाले पनि असोज १ गते विद्यालय खोल्न निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा विभाग प्रमुख टंकलाल गैरले असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी गर्न विद्यालयलाई भनेको तर नगरपालिकाले आधिकारीक निर्णय गर्न बाँकी रहेको बताए ।

दक्षिणकाली नगरपालिकाले असोज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाका केही वडाले भने विद्यालय शुरू गरिसकेको नगरपालिका प्रवक्ता अमृका बलामीले बताए ।

उनका अनुसार समयदेखि कोरोना संक्रमण पनि कम हुँदै गएको र सबै विद्यार्थी तथा विद्यालयमा प्रविधिको पहुँच नभएकाले सबै विद्यालय खोल्ने तयारीमा भएको हो ।

भदौमै खुले

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अनुमति पाएपछि असोज १ गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने तयारी गरे पनि पाँच स्थानीय तहले भने भदौमै विद्यालय सञ्चालन गरेर गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयहरू भदौ १५ गते बुढानीलकण्ठ नगरपालिकाका भदौ १९ गतेदेखि नै भौतिकरूपमा सञ्चालन भएका हुन् ।

त्यस्तै तारकेश्वर नगपालिकाले भदौ गएको २७ गतेदेखि विद्यालय सञ्चालन गरेको नगरपालिकाका सूचना अधिकारी होमनाथ न्यौपानेले बताए ।

उनका अनुसार थोरै विद्यार्थी भएका विद्यालयहरूले सबै विद्यार्थी एकसाथ बोलाएका छन् भने धेरै विद्यार्थी भएकाले आलोपालो गरेका छन् ।

टोखा नगरपालिकाले भदौ २१ गतेदेखि विद्यालय सञ्चालनमा ल्याएको छ । नगरपालिकाको शिक्षा विभाग प्रमुख बाबुराम गौतमका अनुसार अहिले नगरभित्रका ३० प्रतिशत विद्यालय भौतिकरूपमा खुलिसकेका छन् । कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई नै दिएकाले खुल्ने क्रम जारी रहेको उनले बताए ।

शंखरापुर नगरपालिकामा पनि अधिकांश विद्यालय भौतिकरूपमै सञ्चालित छन् । नगरपालिकामा कोरोना संक्रमणको अवस्था शून्यजस्तै रहेकाले अधिकांश विद्यालय खुलेको नगरपालिकाको शिक्षा विभागका अधिकृत कमला पोख्रेलले बताइन । उनका अनुसार बजार क्षेत्रका केही विद्यालय भने अझै अनलाइनमै छन् ।

नगरपालिकाका धेरै ठाँउमा इन्टरनेटको पहँुच नरहेको पनि उनले बताइन् ।

नागार्जुनमा दशैँपछि

काठमाडौँको नागार्जुन नगरपालिकाले निजी तथा सामुदायिक विद्यालय दशैँपछि मात्र खोल्ने भएको छ । कोरोना कारण धेरैजसो विद्यार्थीहरू अहिले पनि गाउँमा रहेको र काठमाडौँमा भएका पनि दशैँमा गाउँ जाने भएकाले दशैँअघि विद्यालय नखोल्ने निष्कर्षमा निकालेको शिक्षा विभाग प्रमुख कृष्णबहादुर कुँवरले बताए ।

अभिभावकहरूले पनि दशैँपछि मात्र विद्यालय खोल्न सुझाव दिएको उनको भनाइ छ ।

दोधारमा काठमाडौँ महानर

काठमाडौँ महानगरपालिकाले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन । महानगर अझै पनि विद्यालय दोधारमा देखिएको छ ।

भौतिकरूपमा विद्यालय खोल्ने कि नखोल्ने भन्ने टुङ्गो नलागेको महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

अभिभावक र शिक्षकहरूसँग छलफल गर्दा केहीले चाँडो खोल्नुपर्ने र केहीले अहिले नै खोल्न नहुने धारणा राखेकाले निर्णय हुन बाँकी रहेको उनको भनाइ छ ।

बिहीबार महानगरपालिकाको शिक्षा समितिको बैठक हुने ठोस निर्णय गर्ने उनले बताए ।

केही दिन यता काठमाडौँ जिल्लामा पनि कोरोना संक्रमण घट्दै गएको छ । काठमाडौँमा भदौ पहिलो सातासम्म दैनिक छ सयको हाराहारीमा रहेको कोरोना संक्रमण अहिले दैनिक दुई सयदेखि तीन सयमा झरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : ०१ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा