भौतिकरूपमा चल्दै काठमाडौँका धेरै विद्यालय, दोधारमा महानगर | Khabarhub Khabarhub

भौतिकरूपमा चल्दै काठमाडौँका धेरै विद्यालय, दोधारमा महानगर


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्लाका अधिकांश स्थानीय तह असोज १ गतेदेखि विद्यालय खोल्ने तयारीमा छन् ।

गत भदौ २१ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको स्थानीय तहका शिक्षा कर्मचारी, अभिभाव र विज्ञसहितको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने अनुमति दिएपछि अधिकांश स्थानीय तह तयारीमा जुटेका हुन् ।

कागेश्वरी र चन्द्रागिरि नगरपालिकाले असोज १ गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्न सूचना जारी गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाले सोमबार उक्त सूचना जारी गरेको हो । कागेश्वरी नगरपालिकाले गत २३ गते नै सूचना जारी गरेको थियो । कीर्तिपुर नगरपालिकाले पनि असोज १ गते विद्यालय खोल्न निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा विभाग प्रमुख टंकलाल गैरले असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी गर्न विद्यालयलाई भनेको तर नगरपालिकाले आधिकारीक निर्णय गर्न बाँकी रहेको बताए ।

दक्षिणकाली नगरपालिकाले असोज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाका केही वडाले भने विद्यालय शुरू गरिसकेको नगरपालिका प्रवक्ता अमृका बलामीले बताए ।

उनका अनुसार समयदेखि कोरोना संक्रमण पनि कम हुँदै गएको र सबै विद्यार्थी तथा विद्यालयमा प्रविधिको पहुँच नभएकाले सबै विद्यालय खोल्ने तयारीमा भएको हो ।

भदौमै खुले

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अनुमति पाएपछि असोज १ गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने तयारी गरे पनि पाँच स्थानीय तहले भने भदौमै विद्यालय सञ्चालन गरेर गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयहरू भदौ १५ गते बुढानीलकण्ठ नगरपालिकाका भदौ १९ गतेदेखि नै भौतिकरूपमा सञ्चालन भएका हुन् ।

त्यस्तै तारकेश्वर नगपालिकाले भदौ गएको २७ गतेदेखि विद्यालय सञ्चालन गरेको नगरपालिकाका सूचना अधिकारी होमनाथ न्यौपानेले बताए ।

उनका अनुसार थोरै विद्यार्थी भएका विद्यालयहरूले सबै विद्यार्थी एकसाथ बोलाएका छन् भने धेरै विद्यार्थी भएकाले आलोपालो गरेका छन् ।

टोखा नगरपालिकाले भदौ २१ गतेदेखि विद्यालय सञ्चालनमा ल्याएको छ । नगरपालिकाको शिक्षा विभाग प्रमुख बाबुराम गौतमका अनुसार अहिले नगरभित्रका ३० प्रतिशत विद्यालय भौतिकरूपमा खुलिसकेका छन् । कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई नै दिएकाले खुल्ने क्रम जारी रहेको उनले बताए ।

शंखरापुर नगरपालिकामा पनि अधिकांश विद्यालय भौतिकरूपमै सञ्चालित छन् । नगरपालिकामा कोरोना संक्रमणको अवस्था शून्यजस्तै रहेकाले अधिकांश विद्यालय खुलेको नगरपालिकाको शिक्षा विभागका अधिकृत कमला पोख्रेलले बताइन । उनका अनुसार बजार क्षेत्रका केही विद्यालय भने अझै अनलाइनमै छन् ।

नगरपालिकाका धेरै ठाँउमा इन्टरनेटको पहँुच नरहेको पनि उनले बताइन् ।

नागार्जुनमा दशैँपछि

काठमाडौँको नागार्जुन नगरपालिकाले निजी तथा सामुदायिक विद्यालय दशैँपछि मात्र खोल्ने भएको छ । कोरोना कारण धेरैजसो विद्यार्थीहरू अहिले पनि गाउँमा रहेको र काठमाडौँमा भएका पनि दशैँमा गाउँ जाने भएकाले दशैँअघि विद्यालय नखोल्ने निष्कर्षमा निकालेको शिक्षा विभाग प्रमुख कृष्णबहादुर कुँवरले बताए ।

अभिभावकहरूले पनि दशैँपछि मात्र विद्यालय खोल्न सुझाव दिएको उनको भनाइ छ ।

दोधारमा काठमाडौँ महानर

काठमाडौँ महानगरपालिकाले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन । महानगर अझै पनि विद्यालय दोधारमा देखिएको छ ।

भौतिकरूपमा विद्यालय खोल्ने कि नखोल्ने भन्ने टुङ्गो नलागेको महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

अभिभावक र शिक्षकहरूसँग छलफल गर्दा केहीले चाँडो खोल्नुपर्ने र केहीले अहिले नै खोल्न नहुने धारणा राखेकाले निर्णय हुन बाँकी रहेको उनको भनाइ छ ।

बिहीबार महानगरपालिकाको शिक्षा समितिको बैठक हुने ठोस निर्णय गर्ने उनले बताए ।

केही दिन यता काठमाडौँ जिल्लामा पनि कोरोना संक्रमण घट्दै गएको छ । काठमाडौँमा भदौ पहिलो सातासम्म दैनिक छ सयको हाराहारीमा रहेको कोरोना संक्रमण अहिले दैनिक दुई सयदेखि तीन सयमा झरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : ०१ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको