पत्रकार चौहानको निधन « Khabarhub

पत्रकार चौहानको निधन


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।

निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको गए राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो । तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासङ्घले जनाएको छ ।

चौहान नेपाल पत्रकार महासङ्घका पूर्वकार्यसमिति सदस्य थिए । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी छन् । चौहानको निधनप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १० : ०८ बजे

केन्द्रीय कारागार सुन्धाराबाट फरार तीन जना पक्राउ

काठमाडौँ – प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको