एमालेको अवरोधले कार्यसूचीमै प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित « Khabarhub

एमालेको अवरोधले कार्यसूचीमै प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर लगातार सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

एमालेकी सांसद भगवती न्यौपानले आफूहरुको अवरोध जारी रहने बताएपछि अध्यक्ष गणेश तिम्सिनाले कार्ययूसीमा रहेका दुईवटा बुँदा हटाएर शोक प्रस्तावमात्र पेश गरेका थिए । बुधबार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची थियो ।

दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो  ।

यी दुबै कार्यसूची हटाएर अध्यक्ष तिम्सिनाले शोक प्रस्तावमात्र अगाडि बढाएका थिए । पूर्व सांसद मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भएपछि बैठक स्थगित गरियो ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ११ : ५८ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)