‘टुल्की’मा बहुपति प्रथा कथा « Khabarhub

‘टुल्की’मा बहुपति प्रथा कथा


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली प्रदेशको हिमाली जिल्लामा प्रचलित बहुपति प्रथाको कथा उठान गरिएको फिल्म ‘टुल्की’को टिजर र फस्ट लुक सार्वजनिक भएको छ । द पाल्म ग्रुपले निर्माण गरेको फिल्म डोल्पाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका स्थानमा छायांकन गरिएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच फिल्मको टिजर र फस्टलुक सार्वजनिक गरियो । कार्यक्रममा निर्माता शेखर लामाले डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका जिल्लामा कुप्रथाको रूपमा कायमै रहेको बहुपति प्रथालाई फिल्ममा देखाइएको बताए ।

‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित फिल्म बनेको छैन, त्यो पहिलो प्रयास हामीले ‘टुल्की’मा गरेका छौं । यो फिल्मका लागि मैले चार वर्ष अनुसन्धान गरें’, उनले भने ।

उनका अनुसार बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ ।

फिल्ममा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । फिल्मलाई विभिन्न फेस्टिभलमा प्रदर्शन गरेर मात्र नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

देवजंग थापाको छायांकन र निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बु, दीर्घ लामा, महेश लिम्बु, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायतलगायतको अभिनय छ ।

फिल्ममा संजीव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन र दीप तुलाधरको मिक्सिङ छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : २७ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न