ससुरा र श्रीमान्‌बाट कुटिएको भन्दै न्यायको खोजीमा सीता « Khabarhub

ससुरा र श्रीमान्‌बाट कुटिएको भन्दै न्यायको खोजीमा सीता


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट पनि न्याय नपाएको उनले गुनासो गरेकी छन् ।

श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीताको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘ममाथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झूठा मुद्दा लगाई थुनामासमेत राखेर यातना दिइयो ।’

अदालतबाट माग भएअनुसार धरौटी बुझाई २२ भदौमा थुनामुक्त भएको सुनाउँदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामानसमेत लगेको आरोप लगाइन् । कोठाबाट परिवारले ३२ इन्चको टीभी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित एक थान गहना लगेको उनको भनाइ छ ।

ससुराले चक्कुले प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको उनले सुनाइन् । पर्सा प्रहरीले पनि जाहेरी नलिएको र नेपालबाट भाग्न धम्की दिएको उनको आरोप छ ।

उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छन् । श्रीमान्‌सँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : १५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग