यदि जित हासिल गर्न चाहनुहुन्छ भने हल्ला नफैलाउनुस् « Khabarhub

यदि जित हासिल गर्न चाहनुहुन्छ भने हल्ला नफैलाउनुस्


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई थाहा छ, तपाईंको काम गर्ने कम्पनी या संस्थाका कर्मचारी बीच विभिन्न क्रियाकलापहरु भइरहेका छन् । उनीहरु विवाहित हुन् या अविवाहित । उनीहरुका विभिन्न हर्कतहरु तपाईंले सुन्नुभएको छ वा देख्नु भएको छ । तर तपाईंले त्यस्ता कुाहरुको हल्ला नफैलाउनुस् ।

हुनसक्छ तपाईंलाई यस्ता कुरा सुन्नमा र गर्नमा मजा आउँछ । नवीनतम जानकारी कहिलेकाहीँ उपयोगी पनि सावित हुनसक्छ । तर यस नियमको एक हिस्सा वास्तवमै सरल छ । यो अरु कसैलाई नबताउनुहोस् । बस यही हल्ला तपाईंसम्म आएर समाप्त हुन जान्छ । तपाईंले सुन्न त सक्नुहुन्छ, तर यसलाई अगाडि बढाउनु हुन्न या आफ्नो राय दिनुहुन्न ।

हल्ला फैलाउनु अल्छे दिमाग भएको व्यक्तिको काम हो । जोसित गर्नको लागि पर्याप्त काम हुँदैन । यो ती कर्मचाीको पनि प्रिय मनोरञ्जन हो जोसित दिमाग विनाको काम हुन्छ । यस्तो काम, जसलाई तिनले सोचविचार नगरी गर्न सक्छन्, यसकारण तिनले मूर्खतापूर्ण वकबास, मनगढन्ते किसिमको हल्ला, झूटो कुरा र दुर्भाग्यपूर्ण कहानीमा आफूलाई व्यस्त राख्छन् । यदि यसमा तपाईंले अलिकति पनि सामेल हुनुभएन भने तपाईंलाइ गम्भीर या बाहिर व्यक्तिको रुपमा मात्र देख्न सकिन्छ । तपाईं आफू कुनै पनि प्रकारको हल्ला नफैलाउनुहोस् । हल्ला फैलाउनेलाई कहिल्यै तिनले कति मूर्खतापूर्ण काम गरिरहेका छन् नभन्नुस् ।

प्रायःजसो मामिलामा विवेक नै सबैभन्दा महत्वपूर्ण शब्द हो । हल्ला फैलाउने व्यक्तिको छवि नबनाउनुहोस् । बस यसलाई अगाडि नबढाउनुहोस् । आफैमा सिमित राख्नुहोस् ।

साभार : ‘तपाईंका जीत’ पुस्तकबाट

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : १४ बजे

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)

यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा