अध्यक्ष गोइतको घरमा बम विष्फोट « Khabarhub

अध्यक्ष गोइतको घरमा बम विष्फोट


४ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ ।

सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिए । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उहाँका काका श्याम गोइत घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  ११ : ५४ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक