पाँच महिनापछि आजबाट भक्तजनका लागि खुल्यो पाथीभरा | Khabarhub Khabarhub

पाँच महिनापछि आजबाट भक्तजनका लागि खुल्यो पाथीभरा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।

कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ ।

पाथीभरा दर्शनका लागि दशैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यो समयमा मात्र लाखौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ८ : ३६ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन