२४ ट्राफिक प्रहरी पुरस्कृत « Khabarhub

२४ ट्राफिक प्रहरी पुरस्कृत


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सवारी चालकको प्रलोभनमा नपरी इमान्दार रहेर सेवा दिने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा घूस नखाई जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई आज सम्मान गरेको हो ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ । प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

नगद पुरस्कारसहित सम्मानित हुनेमा प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ, प्रहरी हबल्दार उमेश राम, लक्ष्मण यादव तथा जवानहरु किसानचन्द्र गौतम, धनवीर जिसी, सविना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल र सन्तोष धमला रहेका छन् ।

यस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हबल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोषकुमार साह, रामजी साह, प्रवीन मोक्तान, दधिराम विसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेशराज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी पनि सम्मानित भएका छन् ।

उनीहरुलाई महाशाखा प्रमुख भट्टराईले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरेका थिए । प्रहरीले गत आर्थिक वर्षमा घूस दिन खोज्ने एक सय ६६ चालक पक्राउ गरेको थियो । यस आवमा घूसबापत रु ९० हजार एक सय ५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६५ चालक पक्राउ परेका छन् ।

चालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसापत्रबाट सम्मान गरिसकेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ३० बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी