देशवासी आपसमा जोडिए भने देश आफैँ जोडिनेछ : प्रेरक प्रसङ्ग « Khabarhub

देशवासी आपसमा जोडिए भने देश आफैँ जोडिनेछ : प्रेरक प्रसङ्ग


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन विनोबा भएको ठाउँमा कलेजका केही विद्यार्थीहरु आए तब उनले विद्यार्थीलाई कागजका केही टुक्रा दिँदै भने, यी टुक्रा जोडेर भारतको नक्सा बनाऊ ।

विद्यार्थी धेरै बेरसम्म सोचेर बसिरहे तर पनि त्यो टुक्रा जोडेर नक्सा बनाउन सकेनन् । छेउमै बसेर एक युवकले यो सब हेरिरहेका थिए । केही साहस गरेर उनले विनोबासँग भने, यदि तपाईं अनुमति दिनुहुन्छ भने यो टुक्रा म जोडिदिनेछु ।

विनोबाको आज्ञा पाएर केही क्षणमा नै ती युवकले टुक्रा जोडेर नक्सा बनाइदिए ।

विनोबाले उनलाई सोधे, तिमीले यति छिटो यी टुक्रा कसरी जोड्यौ ?

युवकले भने— यी टुक्रामा एकातिर भारतको नक्सा छ र अर्कोतिर मानिसको चित्र । मैले मानिसको चित्र जोडेँ, नक्सा आफैँ जोडियो ।

यो सुनेर विनोबाले भने, ठीक छ, यदि हामीले देशलाई जोड्नु छ भने पहिला त्यहाँका सबै नागरिकलाई जोड्नुपर्छ । देशवासी आपसमा जोडिए भने देश आफैँ जोडिनेछ ।

साभारः‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ५ : ५० बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको