साताको शेयर बजार : ३८ अर्बको कारोबार | Khabarhub Khabarhub

साताको शेयर बजार : ३८ अर्बको कारोबार


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो ।

यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर रु ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरिद–बिक्री भए ।

बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ । आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो । तीन दिन रु नौ अर्बको कारोबार भए पनि दुई दिन रु पाँच अर्बमा सीमित भयो ।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ विन्दुले बढेर ५४८.२९ मा पुग्यो । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर रु नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०.०५ विन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको खरिद बिक्री भयो । आइतबार विभिन्न नौ कम्पनीका शेयरमा सर्किट लाग्यो ।

साताको दोस्रो दिन नेप्सेमा झिनो अङ्कको वृद्धि भयो । त्यस दिन नेप्से परिसूचक ०.२७ विन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ विन्दुले बढेर ५४८.८७ मा पुग्यो । कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको शेयर खरिद बिक्री भयो । त्यस दिन नेप्सेमा अजोड अजोड इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्सुरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट देखियो । नेप्से परिसूचक १८.५४ विन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लियो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ विन्दुले ओरालो लागेर ५४५.६६ मा पुग्यो । नेप्सेसँगै कारोबार रकमसमेत घट्न पुग्यो । कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर रु पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको थियो ।

त्यस दिन कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको शेयर खरिद बिक्री भयो ।

साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अङ्कको गिरावट देखियो । त्यस दिन नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा सीमित भयो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भयो । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहन पुग्यो । कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्न पुग्यो ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा पहिरो लाग्यो तर कारोबार नौ अर्बमाथि रह्यो । त्यस दिन नेप्से परिसूचक ७६.६५ विन्दुले ओरालो लागेर दुई हजार ८१२.३८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अङ्कले घटेर ५२५.७८ मा सीमित भयो ।

कूल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर रु नौ अर्ब तीन करोड ३९ लाख ६२३ मा कारोबार भयो । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागे ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : २० बजे

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले

उखु किसानका माग चाँडै सम्बोधन गरिने : गगन थापा

महोत्तरी– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग

संखुवासभा पुगेर राष्ट्रपतिले भने- शासनमा कमजोरी देखाई व्यवस्थामाथि भ्रम फैलाउनेविरुद्ध सचेत हुनुपर्छ

संखुवासभा– राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय शासन सञ्चालनमा देखिएका केही

स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर– पुनर्वास नगरपालिका-१ अंशुबर्मा टोल बस्ने ७२ वर्षीय चन्द्र दत्त गौतमको