भिडियो गेमलाई ‘रोग’ भनी परिभाषित गर्ने डब्लुएचओको तयारी « Khabarhub

भिडियो गेमलाई ‘रोग’ भनी परिभाषित गर्ने डब्लुएचओको तयारी


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– प्रविधिको विकाससँगै मानिसहरु भिडियो गेमको लतमा फस्दै गइरहेका छन् । नेपालमै पनि हालैमात्र पब्जी नामक भिडियो गेमलाई प्रतिबन्ध लगाइएको थियो । यद्यपि पछि भने त्यो फिर्ता लिइएको थियो ।

भिडियो गेमको लतमा बालबालिका मात्रै होइन, युवावर्गका मानिसहरु पनि फस्दै आएका छन् । मानिसहरु आफ्नो काम नै त्यागेर भिडियो गेममै झुण्डिने गरेकाले उनीहरुलाई समाजमा घुलमिल हुन समेत अफ्ठ्यारो पर्ने गरेको समाचार पनि आउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले भने अब भिडियो गेमको लतलाई औपचारिक रुपमै ‘रोग’ भनी परिभाषित गर्ने भएको छ । भिडियो गेमको लतले मानिसको दैनिक जीवनलाई नै असर पार्ने भएकाले यस्तोलाई डब्लुएचओले ‘रोग’ कै रुपमा परिभाषित गर्न लागेको हो ।

यसअघि गत जुन महिनामा डब्लुएचओले भिडियो गेमलाई स्वास्थ्यसम्बन्धी ‘विकार’ का रुपमा परिभाषित गरेको थियो । भिडियो गेमको लतलाई रोगका रुपमा परिभाषित गर्ने वा नगर्ने विषयमा आगामी साता डब्लुएचओमा मतदान हुने बताइएको छ ।

यता भिडियो गेमका निर्माताहरुले भने भिडियो गेमको लतलाई समस्याका रुपमा स्वीकार्दै यसबारे थप कदम चाल्न तयार रहेको जनाएका छन । हालै माइक्रोसफ्ट कम्पनीले केटाकेटीलाई भिडियो गेमको लत नलागोस् भन्नाका लागि अभिभावकलाई भिडियो गेमको नियन्त्रण गर्ने अधिकार दिनेगरी प्राविधिक विकास गर्न लागेको जनाएको थियो ।

त्यसबाहेक भिडियो गेममा हुने हिंसा, आक्रमकता र अन्य गतिविधीले बालबालिका र युवावर्गका मानिसहरुलाई अझ हिंसात्मक बनाउँदै लगेको बारे पनि चिन्ताहरु उत्पन्न हुँदै आएका छन् ।

भिडियो गेमको लतबाट मानिसहरु समाजमा घुलमिल नहुने र यसबाट उनीहरु डिप्रसन र अन्य मानसिक रोगको शिकार समेत हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ९ : ४५ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना