भरतमणि पाैडेल नयाँ ‘कमेडी च्याम्पियन’ « Khabarhub

भरतमणि पाैडेल नयाँ ‘कमेडी च्याम्पियन’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङका भरतमणि पौडेल नयाँ ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् ।

भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको थियो । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय थियो ।

त्यस्तै भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनले टीभीएस अपाचे मोटरसाइकल जितेका छन् । पछिल्लोपटक ‘पेन्टोमाइम’ अभिनयले चर्चामा रहे । उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आलोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरुद्ध अनेक टिप्पणी गरिएको थियो ।

त्यस्तै गोरखाका सन्तोष थापा ‘सेकेण्ड रनरअप’ बन्दै एक स्कुटर जितेका छन् । उनले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झनालायक प्रस्तुति दिएका थिए ।

हाँस्य अभिनेता हरिवंश आचार्यले विजेताको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ०२ बजे

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा