भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको सिद्धपोखरीमा मेला « Khabarhub

भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको सिद्धपोखरीमा मेला


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखि मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्र दहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पूण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ ।

हरेक वर्ष इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर इन्द्रदहमा ल्याई विराजमान गराई तान्त्रिक विधिपूवक पूजा र भोगबलि चलाउने परम्परा रहेको छ । यसबेला परम्परागत बाजागाजाका साथ दाफा र भजन गाउने प्रचलन छ ।

दहमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्ति छन् । अनावृष्टि हुँदा दहमा आई वासुकी नागलाई पूजा गर्ने र जल वृष्टिका लागि तान्त्रिक पूजा गर्ने प्रचलन रहेको छ ।

आजको दिन दहको पूर्वपट्टि दिशामा अवस्थित शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ३० बजे

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका