‘मिस नेपाल युएस’मा १० प्रतियोगी | Khabarhub Khabarhub

‘मिस नेपाल युएस’मा १० प्रतियोगी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करणका लागि १० प्रतियोगीले प्रतिष्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् ।

जसमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।

सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने कार्यक्रममा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको यो प्रतियोगिता एक सामाजिक अभियानको रुपमा समेत चिनिएको छ ।

आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाहले बताए ।

इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो ‘मिस नेपाल युएस’को ताज लगाउन सफल भएकी थिइन् ।

यो प्रतियोगिताले अमेरिकी सरकारबाट ट्रेडमार्कसमेत प्राप्त गरेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० बर्षपछि ‘मिस नेपाल युएस’ले अमेरिकी सरकारको औपचारिक ट्रेडमार्क पाउन सफल भएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : ४९ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का