माधव नेपालले भने : पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ? | Khabarhub Khabarhub

माधव नेपालले भने : पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको तर बाध्यता भएको बताएका हुन् । उनले जाने ढोका बन्द गरेपछि पार्टी फुटाएको स्पष्ट पारेका छन् ।

नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसद्‌मा कुरा उठाउन नपाइनेसमेत बताए ।

‘सर्वोच्च अदालतमा रहेको विचाराधीन कुरालाई संसद्‌मा उठाउन पाइँदैन भनेको छ’, उनले भने, ‘त्यही पनि अरूको काँध चढेर माइक खोसेर भाँचिदिन्छु भनेर कसरी उफ्रेका होलान् ? कस्तो सन्तान जन्माएका, कस्ता मान्छे बनाएछन् ! कस्तो कुरा सिकाएछन् ? कस्तो भाषा प्रयोग गर्छन् ? सधैँभरि कान थुन्न, आँखा मिचेर हेर्न पनि मन लाग्दैन ।’

उनले संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठन भएन भने मात्र संसद् विघटन गर्न पाइने व्यवस्था गरेको पनि उल्लेख गरे ।

‘सर्वोच्च अदालतको फैलसा पढेको छैन । सर्वोच्च अदालतले प्रस्ट भनेको छ- प्रतिनिधिसभा विघटन गर्न पाइँदैन’, उनले भने, ‘संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठन भएन भने मात्र संसद् विघटन गर्न पाइने व्यवस्था गरेको छ । त्यसबाहेक कसैले पनि विघटन गर्न पाउँदैन भनेर सर्वोच्च अदालतको फैसला पढेका छैनन् र ?’

उनले चोइटिएर मान्छे गए भन्नेले संसदमा किन नारा लगाउन परेको भन्दै ‘पिलो निचोरेर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’ भनेर प्रश्न पनि गरे ।

-न्युज कारखाना

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ३० बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको