यी उपाय अपनाउनुहोस्, हनुमानको मिल्छ कृपा « Khabarhub

यी उपाय अपनाउनुहोस्, हनुमानको मिल्छ कृपा


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हनुमानको कृपा पाउने सबैभन्दा उत्तम विकल्पमध्ये एक हो मंगलबारको उपावास । यस अलावा पनि उनको कृपा पाउने कैयौं उपायहरु छन् । जसमध्ये लेप लगाउने पनि पर्दछ ।

मंगलबार र शनिवारका दिन हनुमानका व्रत बसिन्छ । उनको पूजा आराधना पनि हुन्छ । केही मानिस हनुमानको आराधनामा श्रृंगारका सामान पनि चढाउने गर्दछन् । यसअलावा मंगल ग्रह बलियो पार्न हनुमानको पूजा–आराधना वा उनीसंग सम्बन्धित उपाय गर्न सुझाव दिएको छ । त्यसैमध्ये हनुमानलाई लेप लगाउने हो ।

जुन व्यक्तिको राशिमा शनिको साढेसाती वा अढैय्या छ वा शनि ग्रहका कारण कष्ट भइरहेको छ भने यस्ता व्यक्तिले शनिवार हनुमानलाई लेप लगाउनु पर्दछ । यसकालागि मन्दिरमा हनुमानको प्रतिमा सामु घिउमा दियो बालेर उनको प्रतिमालाई गंगा जलद्धारा अभिषेक गर्नु पर्दछ । त्यसपछि सफा कपडाले प्रतिमा पुछ्नु पर्दछ । त्यसपछि सिन्दूरमा घिउ वा चमेलीको तेल मिलाएर लेप बनाइ लगाउनु पर्दछ ।

यसरी हनुमानलाई लेप लगाउँदा सबैभन्दा पहिले बायाँ चरणमा लगाउनु पर्दछ । त्यसपछि मात्र बाँकी भागमा लगाउनु पर्दछ । त्यसपछि हनुमानलाई सफा वस्त्र र जनै धारण गराउनु पर्दछ । त्यसपछि रेशमको रातो धागो अर्पित गर्नुपर्दछ । यो धागो जातकले धारण गर्नु अत्यन्त शुभ मानिन्छ । र अन्त्यमा भगवानलाई भोग लगाएर आरती गर्नु पर्दछ ।

स्रोतः जी न्यूज

 

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : ४५ बजे

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र