यी उपाय अपनाउनुहोस्, हनुमानको मिल्छ कृपा « Khabarhub

यी उपाय अपनाउनुहोस्, हनुमानको मिल्छ कृपा


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हनुमानको कृपा पाउने सबैभन्दा उत्तम विकल्पमध्ये एक हो मंगलबारको उपावास । यस अलावा पनि उनको कृपा पाउने कैयौं उपायहरु छन् । जसमध्ये लेप लगाउने पनि पर्दछ ।

मंगलबार र शनिवारका दिन हनुमानका व्रत बसिन्छ । उनको पूजा आराधना पनि हुन्छ । केही मानिस हनुमानको आराधनामा श्रृंगारका सामान पनि चढाउने गर्दछन् । यसअलावा मंगल ग्रह बलियो पार्न हनुमानको पूजा–आराधना वा उनीसंग सम्बन्धित उपाय गर्न सुझाव दिएको छ । त्यसैमध्ये हनुमानलाई लेप लगाउने हो ।

जुन व्यक्तिको राशिमा शनिको साढेसाती वा अढैय्या छ वा शनि ग्रहका कारण कष्ट भइरहेको छ भने यस्ता व्यक्तिले शनिवार हनुमानलाई लेप लगाउनु पर्दछ । यसकालागि मन्दिरमा हनुमानको प्रतिमा सामु घिउमा दियो बालेर उनको प्रतिमालाई गंगा जलद्धारा अभिषेक गर्नु पर्दछ । त्यसपछि सफा कपडाले प्रतिमा पुछ्नु पर्दछ । त्यसपछि सिन्दूरमा घिउ वा चमेलीको तेल मिलाएर लेप बनाइ लगाउनु पर्दछ ।

यसरी हनुमानलाई लेप लगाउँदा सबैभन्दा पहिले बायाँ चरणमा लगाउनु पर्दछ । त्यसपछि मात्र बाँकी भागमा लगाउनु पर्दछ । त्यसपछि हनुमानलाई सफा वस्त्र र जनै धारण गराउनु पर्दछ । त्यसपछि रेशमको रातो धागो अर्पित गर्नुपर्दछ । यो धागो जातकले धारण गर्नु अत्यन्त शुभ मानिन्छ । र अन्त्यमा भगवानलाई भोग लगाएर आरती गर्नु पर्दछ ।

स्रोतः जी न्यूज

 

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : ४५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग