८ हत्यारा मारिएको पेस्तोल ७० करोडमा बिक्री ! « Khabarhub

८ हत्यारा मारिएको पेस्तोल ७० करोडमा बिक्री !


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खतरनाक सिरियल किलर, डाकाजस्ता अपराधिको इन्काउन्टरको प्रसंग वर्षौसम्म चर्चामा रहन्छ । उनीहरुको जीवनीमा आधारित भइ कैयौं फिल्म बनेका छन्, केही उपन्यास पनि लेखिएका छन् । प्रहरी र जाँच एजेन्सीले उनीहरुसंगबाट बरामद भएका सामग्री संग्रह पनि गर्दछन् । तर के यस्ता खतरनाक अपराधि मारिएको बन्दुक सय वर्षभन्दा बढी सम्हालेर राखिन्छ होला ? वा के यसको लिलामी (बिक्री) करौडौंमा हुन्छ होला ?

अमेरिकामा ८ व्यक्तिको हत्यारा जेलबाट फरार भएपछि जुन पेस्तोलले मारिएका थिए त्यही पेस्तोल ७० करोड ६२ लाखभन्दा बढीमा लिलामी भयो । यसमा रोचक त के छ भने यो पेस्तोल करिब सवा सय वर्षदेखि सम्हालेर राखिएको थियो । जसका कारण उक्त पेस्तोलले यति धेरै मुल्य पाउन सक्यो ।

अमेरिकाका कुख्यात खूंखार डाका बिली द किड (Billy the Kid) लाई मारिएको पेस्तोलले लिलामीमा यति धेरै मूल्य पाउन सकेको हो । बिलीलाई शेरिफ पेट गैरेटले मारेका थिए । डेली मेलको रिपोर्ट अनुसार सोही पेस्तोलले अप्रत्याशित रूपमा लिलामीमा ६ मिलियन डलर पाएको हो ।

बिली द किडको बालापनको नाम हेनरी मैककार्टी थियो । जसलाई उनले बदलेका थिए । बिलीलाई ८ व्यक्तिको हत्या अपराधमा सन् १८८१ अप्रैलमा २१ बर्षको उमेरमा फाँसिको सजाय सुनाइएको थियो । तर बिली जेलबाट फरार भयो । त्यसको केहि महिना पश्चात उनलाई सोहि पेस्तोलले गोली हानी हत्या गरीएको थियो ।

स्रोत : जी न्यूज

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ६ : १८ बजे

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता २०८३ जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता

शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक