शरीरमा सेतो दाग किन देखिन्छ र कसरी हटाउने ? (उपायसहित) | Khabarhub Khabarhub

शरीरमा सेतो दाग किन देखिन्छ र कसरी हटाउने ? (उपायसहित)


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसको शरीरमा सेतो दाग देखा पर्दछ । यस प्रकारको सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ ।

यो साधारण रोग हो । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा सेतो दाग हुने गर्दछ ।

किन हुन्छ सेतो दाग ?

– वंशानुगत कारण

– सूर्यको यूभी किरण

– पेटमा समस्या र किरा हुँदा

– कलेजोमा समस्या

– पसिना आउँदा सिस्टम समस्या भए

– मधुमेह, हाइपोथाइराइडजस्ता रोग हुदाँ

– गलत खानाको सम्मिश्रण

सेतो दाग निको पार्ने उपायः

१. एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्ने ।

२. तामाको भाँडाको पानी पिउँदा शरीरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ ।

३. खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरीरमा आइरनको कमी हुँदैन ।

४. बाहिर निस्कनुभन्दा पहिले राम्रो एसपीएफ क्रिम लगाउए घामको किरणबाट जोगिन सकिन्छ । साथै सेतो दाग बढ्न पनि रोक्छ ।

५. निमको पातको तीन चम्चा रस महमा मिसाएर दैनिक ३ पटक पिएमा दाग हट्छ ।

६. तुलसीलाई दैनिक छालामा लगाए मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ ।

७. दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउँदा पनि दाग हट्छ ।

८. ओखरको पाउडरमा थोरै पानी मिसाएर दागमा दिनमा दुई पटक लगाउनुहोस् ।

९. दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउँदा पनि दाग हट्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ५० बजे

स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता

काठमाडौँ – नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र

काठमाडौं- सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको

संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा

नेप्सेमा झिनो अङ्कको सुधार, ११ अर्ब बढीको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)

काठमाडौं- अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी