बीपीको उदाहरण दिँदै ओलीले भने : कम्युनिस्ट ‘पावर केन्द्रित’ होइनन् (भिडियोसहित) « Khabarhub

बीपीको उदाहरण दिँदै ओलीले भने : कम्युनिस्ट ‘पावर केन्द्रित’ होइनन् (भिडियोसहित)


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगाना मंगलबार एउटै मञ्चमा थिए ।

श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रममा ढुंगाना टिप्पणीकार थिए भने ओली मुख्य अतिथि । पहिला ढुंगाना बोले । उनले मदन भण्डारीको भूमिका र पुस्तकबारे व्याख्या गर्दै कम्युनिस्टहरु शक्ति केन्द्रित हुँदा विभाजित हुने गरेको टिप्पणी गरे । यो टिप्पणीले ओलीलाई बिझाएको थियाे ।

ढुंगानापछि रोस्ट्रममा बोल्न आएका ओलीले ढुंगानाको यो टिप्पणीमा आपत्ति जनाए । दमननाथजीको अन्य कुरा ठिकै रहेको भनेर ओली अघि बढे, ‘कम्युनिस्टहरु पावर केन्द्रित हुन्छन् । आत्मकेन्द्रित हुँदा फाटो हुन्छ भन्ने विषयमा सहमत हुन सकिएन ।’

ओलीले शक्ति केन्द्रित नभएको र केही व्यक्तिहरुको स्वार्थले समस्या भएको प्रष्टीकरण दिए । उनको संकेत प्रचण्ड र माधव नेपालतिर थियो । ओली यतिमै रोकिएनन् । उनले कम्युनिस्ट पावर केन्द्रित नभएको दाबी त गरे नै । साथसाथै कांग्रेसको इतिहास नै खोतले ।

हेरौँ भिडियो

उनले कांग्रेसमा २००८ सालदेखि नै नेतृत्वमा शक्तिको लडाइँ चलेको, मातृका कोइरालाविरुद्ध सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुहुन्न भनेर बिपी कोइरालाले लडाइँको नेतृत्व गरेको स्मरण गराए ।

‘कांग्रेसमा ००८ सालदेखि नै पावरको लडाइँ चल्यो । बीपी कोइरालाले एक व्यक्ति एक पदको लागि नेतृत्व गरे । पछि उनै प्रधानमन्त्री र सभापति भए । नेतृत्व एउटै हुनुपर्छ नत्र कन्ट्राडिक्सन हुन्छ भन्ने भाष्य निर्माण गर्नुभयो,’ उनले भने ।

उनले अर्काको आलोचना गर्दा पूर्वाग्रह नराख्न कांग्रेसनिकट ढुंगानालाई आग्रहह गरे । ‘कहिले यता फर्किन्छ । कहिले उता फर्किन्छ । पूर्वाग्रहले कहिले निष्कर्षमा पुर्‍याउन सक्दैन । सही निष्कर्षमा पुग्न पूर्वाग्रह त्याग्नुपर्छ,’ उनले भने ।

ओलीले कम्युनिस्ट पावर केन्द्रित होइनन् भन्ने स्थापित गर्न मलेसियाका महाथिरदेखि भारतको पञ्चायतसम्मको उदाहहरण दिए । ‘महाथिरले, लि क्वानले पावर केन्द्रित गर्नुभयो । तर, उहाँहरू कम्युनिस्ट होइन । हामीले त गरेका छैनौं । भारतको पञ्चायतभन्दा त हाम्रो स्थानीय तह स्वतन्त्र छन्,’ उनले भने, ‘डेमोक्रेसी अरुले थोपरेको होइन, हामीले लडेर ल्याएको हो । हामी अतिथि लोकतन्त्रवादी होइन रैथाने लोकतन्त्र हो ।’

लोकतन्त्रका लागि कांग्रेसका कुनै नेताभन्दा कम सेक्रिफाइस आफूहरूले नगरेको उनको भनाइ थियो । ‘कांग्रेसले पनि गरेको छ । कांग्रेसको गरेको हुने ? हामीले गरेको केही नहुने हुँदैन । यस्तो हुनुपर्छ नेपालको डेमोक्रेसी भनेर एमालेले कोरेको खाका अरुसँग छैन । किनभने हामी जनताको बहुदलीय जनतावादबाट गाइड छौं । स्वस्थ बहुदलीय जनवादी व्यवस्था हाम्रो विशेषता हो,’ उनले भने ।

ओलीले नेपालमा फुटको इतिहास नराम्रो रहेको पनि उल्लेख गरे । ‘नेपालमा फुटको एउटा नराम्रो श्रृंखला छ । कांग्रेसभित्र पटक पटक भयो । कम्युनिस्ट पार्टीभित्र पनि भयो,’ उनले भने ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ०६ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को