राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय (भिडियोसहित) « Khabarhub

राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय (भिडियोसहित)


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले केपी ओलीको नेतृत्वको सरकारको समयमा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।

यसैगरी बैठकले कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयश संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यस्तो छ भिडियो

औषधी ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जनाए । यसैगरी बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको उनले जानकारी दिए ।

यसैगरी बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको सात किलाेमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलाेमिटर सडक खण्डको ट्र्याक निर्माण काम नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ६ : १० बजे

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई

पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं– केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरू