बर्लिन म्याराथनमा सहभागिता जनाउने पार्कीको बिदाई | Khabarhub Khabarhub

बर्लिन म्याराथनमा सहभागिता जनाउने पार्कीको बिदाई


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाई गरिएको छ ।

नेपालगंज म्याराथनले मंगलबार काठमाडौंमा धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगंज म्याराथनका टिएस ठकुरी लगायतले उनीहरुलाई बिदाई गरे ।

बिदाईमा उनीहरुलाई ट्रयाक सुट प्रदान गरिएको थियो । कार्यक्रममा धावक पार्कीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य सुनाए ।  यस म्याराथनको महत्व छुट्टै रहेको भन्दै उनले सहभागिता जनाउन पाउँदा खुसी रहेको धारणा राखे ।

विश्व चर्चित बर्लिन म्याराथन जर्मनीको बर्लिनमा सेप्टेम्बर २९ मा हुनेछ । पार्की पछिल्लो संस्करणको नेपालगंज म्याराथनको विजेता हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : १५ बजे

देशका अधिकांश भागमा मौसम सफा रहने 

काठमाडौं–  हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी– मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको

आइपिएल अक्सनको मिति तोकियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित