पाकिस्तानी रुपैयाँ बन्यो नेपालको भन्दा कमजोर « Khabarhub

पाकिस्तानी रुपैयाँ बन्यो नेपालको भन्दा कमजोर


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रख्यात आर्थित समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी रुपैयाँ एशियाको सबैभन्दा कमजोर मुद्रा बनेको दाबी गरेको छ । पछिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा धेरै गिरावट एशियाको १३ मुख्य मुद्रामध्ये सबैभन्दा कमजोर बनेको छ ।

दैनिक पत्रिका जंगको एक रिपोर्टका अनुसार पाकिस्तानी रुपैयाँ मे महिनामा २९ प्रतिशतको गिरावट आएको छ ।

उता पाकिस्तानको तुलनामा अफगानिस्तान, बंगलादेश र नेपालको मुद्रा स्थिर रहेको छ ।

एक डलरको तुलनामा आफगानिस्तानी मुद्राको मूल्य ७९, भारतीय रुपैयाँ ७०, बंगलादेशको टका ८४ र नेपाली रुपैयाँ ११२ रहेको छ ।

यसका साथै विहीवार पाकिस्तानको शेयर बजारमा निकै उथलपुथल आएको थियो । शुक्रबार बजारमा पाकिस्तानी रुपैयाँ आएको गिरावटका कारण शेयर बजारमा ८०० अंकले गिरावट आएको थियो । यो पछिल्लो डेढ दशकको सबैभन्दा ठूलो गिरावट हो । यसका साथै अन्तर वैंक बजार पनि उथलपुथल भएको छ र डलरको तुलनामा पाकिस्तानी रुपैयाँ १४९ रुपैयाँसम्म गिरावट आएको छ ।

एक्सचेन्ज कम्पनीज एसोसिएशन अफ पाकिस्तानका अनुसार खुला बजारमा एक डलरको पाकिस्तानी रुपैयाँ १५१ सम्म कारोबार भइहहेको छ ।

पाकिस्तानी रुपैयाँमा पाँच प्रतिशतको अवमूल्यनका कारण व्यवसायी जगतमा निकै ठूलो भूकम्प गएको छ ।
पछिल्लो १७ वर्षमा शेयर बजारको निकै खराब हप्ता बन्न पुगको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १२ : ११ बजे

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका